तिब्बतीयन शरणार्थी शिविरमा अमेरिकी उपमन्त्रीको भ्रमण स्वाधीनता र कुटनीटिक मर्यादा विपरित:नेकपा

डेली न्युजराप्ती       १३ जेष्ठ २०७९ १०:३९ मा प्रकाशित     301 No Comments

दाङ। नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी उपमन्त्री अजरा जीयाको तिब्बतीयन शरणार्थी शिविर हुने भ्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । प्रवक्ता प्रकाण्डले शुक्रबार एक वक्तव्य जारी गर्दै नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले दुई देश र दुई सरकारबीच सम्बन्धित कार्य गर्नको सट्टा अति संवेदनशील रहेको तिब्तीयन शरणार्थी शिविरमा भ्रमण गर्न जानु नेपालको स्वाधीनता र कुटनीटिक मर्यादा विपरित भएको बताएका छन् । वक्तव्यमा प्रकाण्डले यो घटनाप्रति घोर आपत्ति जनाउदै यसबारे नेपाल सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । उनले यो कार्य रोक्न चेनावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार