चुनाव खारेजीका लागि नेकपा दाङद्वारा घोराहीका विभिन्न ठाउमा भित्तेलेखन (फोटोफिचर)

डेली न्युजराप्ती       २० कार्तिक २०७९ २०:०३ मा प्रकाशित     175 No Comments

घोराही, २० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी दाङले आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा चुनाव खारेज गर्ने अभियानलाई तीब्र बनाएको छ ।
नेकपा घोराहीले आसन्न मंसिर ४ गतेको कथित संसदीय निर्वाचन खारेजी अभियानलाई शसक्त बनाउने क्रममा आज घोराहीका विभिन्न ठाउँहरुमा भित्ते लेखनको कार्यलाई तिब्रता दिएको हो ।

मंसिर ४ को कथित संसदीय चुनाव खारेज गरौं लगायतका नाराहरु लेखेर चुनाव खारेजी अभियानलाई सशक्त बनाएको नेकपा घोराहीले जानकारी दिएको छ ।

चुनाव खारेजी अभियानका नाराहरु लेख्दै नेकपा घोराही उपमहानगर कमिटी (फोटोफिचर):

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार