सी सपना त्रैमासिक पत्रीकाको विमोचन भोलि हुँदै

डेली न्युजराप्ती       २९ फाल्गुन २०८० १४:३० मा प्रकाशित     291 No Comments

हेमन्त प्रकाश वली ।

फागुन २९ , घोराही । सी सपना त्रैमासिक पत्रीकाको विमोचन भोलि बुधबार हुने भएको छ ।

घोराही स्थित सर्वोदय पुस्तकालयको सभाहलमा नेकपाका स्थायी समिती सदस्य एवम प्रकाशन बिभाग प्रमुख अनिल शर्मा विरहीले पत्रीकाको विमोचन गर्ने जनाइएको छ ।

नवीन विचार , राजनीति , उत्पादन , संस्कृति , साहित्य , शिक्षा , स्वास्थ्य र प्रविधिय विमर्शको नविनतम नारासहित प्रकाशित पत्रीकाले विचार र ज्ञानको भोकलाई मेटाउने प्रयास गरिएको पत्रीकाका सम्पादक टीका कुमारी शर्माले बताउनुभयो ।

पत्रीका विमोचनको सम्पुर्ण तयारी पूरा भएको साथै विमोचन कार्यक्रममा उपस्थितिका लागि आम सञ्चारकर्मी , बुद्धिजीवी , बिश्लेसक , नागरिक समाज , मानवअधिकारकर्मी लगाएतलाई हार्दिक अपिल समेत गरिएको छ ।

पत्रीका विमोचन कार्यक्रम विहान ११:३० बजेदेखी सुरु हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार