नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ दाङको अध्यक्षमा इश्वरी गैरे

डेली न्युजराप्ती       १३ पुष २०७८ १९:२१ मा प्रकाशित     407 No Comments


दाङ। क्रान्तिकारी पत्रकार महासंघ दाङको प्रथम जिल्ला भेलाले ईश्वरी प्रसाद गैरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ। जसको उपाध्यक्षमा तेज बहादुर बुढाथोकी , सचिवमा रिता केसी, सहसचिवमा संगीता मगर र कोषाध्यक्षमा ममता बिकलाई चयन गरिएको छ।

समितिको सदस्यमा डिला चौधरी,प्रकाश पुन,सरोज न्यौपाने र राम प्रसाद न्यौपानेलाई चयन गरिएको हो। कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय महासचिव रवि पान्डेले पत्रकारहरु प्रचारकर्ता संगठनकर्ता र आन्दोलनकर्ता रहेको बताए । उनले जनपक्षीय पत्रकारको अब्बल संगठन क्रान्तिकारी महासङ्घ रहेको दाबी गर्दै श्रमजिबीहरुको सच्चा पहरेदारको रुपमा अगाडि बढेको बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज निरज केसी(समिर),क्रान्तिकारी युवा लिगका महासचिव दिल बहादुर कठायत, अखिल क्रान्तिकारीका प्रदेश सदस्य मनोज थापालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । भेला महासंघका प्रदेश सदस्य शुसिला आचार्यको अध्यक्षतामा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार