कस्तो रहने छ आजको मौसम?

डेली न्युजराप्ती       ११ जेष्ठ २०८० ०८:०१ मा प्रकाशित     201 No Comments

दाङ । दाङ सहित तराईका जिल्ला र आसपासका क्षेत्रमा अहिले बदली गरिरहेको छ । दिउँसो भने एक दुई ठाउँमा पानी पर्ने अनुमान रहेको मौसमविद् शान्ति कडेलले जानकारी दिनुभएको छ । अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सामान्य बदली भएको उहाले बताउनुभयो ।

यी चार प्रदेशका एक दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको र यी प्रदेशमा प्रि मनसुनसँगै पश्चिमी वायुको प्रभाव परेको मौसमविद् कडेलले जानकारी दिनुभयो । यस्तै, दिउँसो पछि तराईका जिल्लामा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार