प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुखमाथी भएको दुर्व्यवहारप्रती नेपाल कम्युनिस्ट पार्टीको ध्यानाकर्षण

डेली न्युजराप्ती       १२ भाद्र २०७८ १९:२४ मा प्रकाशित     636 No Comments


हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंह माथी भएको दुर्व्यवहार प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालको कानुन र संबिधानलाई धुवाइ दिदै गरेको अवस्थामा तथा कानुन र बिधिलाइ मान्यता दिदै गरेको परिवेशमा पनि त्यसको बर्खिलाप गर्दै केही अनेरास्ववियुको कभरमा अराजकहरुको झुन्डले मेसुमाथी गरेको दुर्व्यवहारले स्वास्थ्य क्षेत्र जस्तो जनतासंग गासिएको अति संबेदनसिल क्षेत्र माथिको प्रहारले,त्यस क्षेत्रमा परेको प्रभावले एक खाले निरास्ता पैदा गरेको उल्लेख गरिएको छ।साथै बिज्ञप्तिमा त्यस खालको गतिविधि प्रती पार्टीले खेद तथा घोर भर्त्सना गरेको उल्लेख छ। बिज्ञप्तिमा त्यस्ता गतिबिधी गर्ने जो कोहिलाइ पनि प्रसय दिने खालको अवस्था कतैबाट नआओस र सृजना नगरियोस भनी चेतावनी समेत दिएको छ।

साथै बिज्ञप्तिमा मे.सु.माथी गरिएको दुर्व्यवहार गर्ने जो कोहिलाइ कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित निकायलाइ आग्रह गरिएको छ भने अस्पतालमा भएको घटनाले अस्पतालमा कार्यरत डाक्टर,कर्मचारीहरुमा नैरास्यता नल्याई उच्च मनोवलका साथ जनताको स्वास्थ्यसंग जोडिएको सेवा प्रवाहमा कमि र समस्या नआओस् भनी सुभेच्छा समेत प्रकट गरिएको छ। बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार