विप्लवका छोरा डा.प्रकाश र चितवनकि डा.मान्यताबिच प्रगतिशील विवाह

डेली न्युजराप्ती       ११ आश्विन २०८० ११:०३ मा प्रकाशित     308 No Comments

रुपन्देही । नेकपाका महासचिव नेत्रविक्रम विप्लव सीका छोरा डाक्टर प्रकाश सी र चितवनकी डाक्टर मान्यता सीबीच प्रगतिशील विवाह भएको छ ।

बुधवार नेकपाको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा उनीहरूको विवाह भएको हो ।

पार्टीका शीर्ष नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको कार्यक्रममा सबैले टीका लगाएर शुभकामना दिएका थिए भने सामना परिवारले सांगीतिक कार्यक्रम राखेको थियो । कार्यक्रममा लुम्बिनी 

प्रदेशका सभामुख तुलाराम घर्ती (वसन्त)पुगेका थिए ।

प्रकाश र मान्यता चितवनमा एमबिबिएस अध्ययनका क्रममा परिचित भएका हुन् । प्रकाश पार्टी निकट जनस्वास्थ्यकर्मी संघको केन्द्रीय महासचिव छन् भने मान्यता संघको केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार