अत्याधिक चिसो बढेपछि तुलसीपुरमा ३ दिन बिधालय बन्द हुने

डेली न्युजराप्ती       १७ पुष २०८२ ०८:५४ मा प्रकाशित     179 No Comments

दाङ । चिसो अत्याधिक बढेपछि तुलसीपुरमा आजदेखि तीन दिनसम्म विद्यालय बन्द गरिने भएको छ । नगरप्रमुख टिकाराम खड्काले आज कार्यालय खुल्ने वित्तिकै १० बजे नै बैठक बसी निर्णय गरेर आजैदेखि विद्यालय बन्द गरिने बताउनुभयो ।

मंगलबार सार्वजनिक बिदा परेका कारण निर्णय गर्न नसकिएको बताउँदै उहाँले बिदा दिनेबारे आज निर्णय गरिने बताउनुभयो ।

तुलसीपुरमा शुक्रबारसम्म विद्यालय बन्द गरिने नगरप्रमुख खड्काले बताउनुभयो । घोराही, लमही, राप्ती, गढवा र राजपुरले पनि चिसोका कारण आजदेखि शुक्रबार १९ गतेसम्म विद्यालय बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार