काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल भेरी कर्णाली ब्यूरोले भ्रष्ट ठेकेदार रणबहादुर शाहीलाई कालोमोसो लगाई जनकारवाही गरेको छ ।
युवा संगठन नेपाल भेरी कर्णाली ब्यूरोले भ्रष्ट ठेकेदार,शिक्षक र राजनीतिकर्मी रणबहादुर शाहीले आफु शिक्षण पेशामा आवद्ध भैरहेको अवस्थामा कुशे गाउँपालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ साल देखि २०७९ सालसम्म आइपुग्दा करिब २ करौड २१ लाख रुपैयाँ हिनामिना गरि कामलाइ अलपत्र पारेको , समग्र विद्यार्थी र जनताको भबिष्यसंग जोडिएको शैक्षिक सस्थालाइ बेवास्ता गर्दै विद्यार्थीहरुको भबिष्यमाथी खेलवाड गरेको , शिक्षण पेशावाट राजिनामा नदिइ नेपाली काङ्ग्रेस कुशे गाउँ पालिकाको सचिब बनेर सिङ्गो शैक्षिक सस्थालाई अस्तब्यस्त बनाएकोले कारबाही गरिएको जनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.