संसदीय व्यवस्थाको चुनावमा भाग लिन्नौ,जनमतसंग्रह भए चुनावमा भिड्न तयार छौ:विप्लव

डेली न्युजराप्ती       १४ कार्तिक २०७८ ०९:१४ मा प्रकाशित     599 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द(विप्लव)ले सासंद मन्त्री छान्ने संसदीय चुनाबमा भाग नलिने बताएका छन।
पार्टीको सहायक संगठन युवा संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन समारोहलाइ सम्बोधन गर्दै नेता विप्लवले उक्त कुरा बताएका हुन। विप्लवले एकपटक जनतालाइ व्यवस्था चुन्ने अधिकार दिन जनमतसंग्रहको चुनाव भए त्यसमा भाग लिने समेत बताएका छन। विप्लवले भने,” संसदीय व्यवस्था पुरै असफल भइसकेको अवस्थामा हामी मन्त्री सांसद चुन्ने चुनावमा भाग लिदैनौ,एकपटक नेपाली जनतालाइ दलाल पुजीवाद कि बैज्ञानिक समाजवाद भन्ने जनमतसंग्रहको चुनावमा जान्छौं”।
महासचिव विप्लवले एकदिन नेपाली जनताहरु मुक्त हुनेछन,नेपालका युवाहरुले नया भबिस्य पाउनेछन भनेर मृत्युको कुनै प्रवाह नगरी प्रचण्ड बाबुराम र किरणहरुको आह्वानमा जनयुद्धमा होमिएको बताएका थिए। उनले जनयुद्धका सम्पुर्ण उपलब्धिहरुलाइ प्रचण्ड बाबुरामहरुले बेचेर खाएको समेत बताएका थिए।

हाम्रो जीवन भन्दा प्यारो मुक्ती हो, विप्लवले भने। नेपाली जनताको खुन पसिना लुट्ने बादशाहहरुलाइ घोडाबाट झारेर श्रमजीवी जनताको हातमा सत्ता बुझाउने जनयुद्धको सपना भएको विप्लवको भनाइ थियो।
विप्लवले दलाल सत्ताले बिदेशि गल्लीहरुमा नेपाली दिदिबहिनीहरुलाइ बस्तुभाउको रुपमा बिक्री भइरहेको प्रती कडा आक्रोश व्यक्त गरेका थिए। १८औ शताब्दीमा अफ्रिकाका काला जातीका मान्छेहरुलाइ सिक्रीले बाधेर युरोप अमेरिकामा बेचेजस्तै नेपाली युवाहरुलाइ राज्यले बेचिरहेको भन्दै विप्लवले बैज्ञानिक समाजवादले मात्रै श्रमजीवी युवाहरुलाइ देशमै रोजगार ग्यारेन्टी गर्ने बताए। नेपालका युवायुवतीलाई बेचेर महल ठ्ड्याएर सत्ताका मान्छेहरु प्रजातान्त्रको डिङ हान्दैछन,विप्लवले भने।
विप्लवले जनताहरु निराश हुननहुने, निराश भए हाम्रो भबिस्यमाथी किनबेच हुने धारणा राखेका थिए।

युवाहरुलाइ लागुऔसधमा लठ्ठ बनाएर,युवाहरुलाइ स्वस्थ तरिकाले सोच्ने अध्यनबाट बन्चित,ट्याबलेट खुवाएर दिनभरी लठ्ठ बनाउने काम सत्ता कब्जा गरेर बसेका दलालहरुको काम भएको नेता विप्लवको जिकिर थियो।
सेना र प्रहरीसंग लड्ने योजना नभएको र एमसिसी सहयोग हो भने लिने तर सहयोग नाममा टुप्पी समाएर उठबस गराउन खोजेको हो भने त्यो दिवा सपना हुने विप्लवको उद्घोष थियो।
अमेरिकी सेनालाइ नेपाली भुमिमा बुट बजार्न दिन्नौ,उठ्छौ लड्छौ बिद्रोह गर्छौ,नेता विप्लवले भने।
युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पाटनको अध्यक्षतामा भएको उद्घाटन समारोहको संचालन चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य दिनेशले गरेका थियो।
संगठनको बन्द सत्र १४ र १५ गते दुइदिन सम्म दाङको तुलसीपुरमा चल्ने संगठनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार