सुशासन,बिकास समृद्धि र समाजवाद भन्ने शब्द आजभोलि नेपालको राजनीतिक बजारमा व्यापक किनबेच भैरहेका बस्तु हुन् । वैकल्पिक शक्ति , युवा नेतृत्व , क्रान्तिकारी पार्टी भन्दै वैकल्पिक राजनीतिको भाष्यमा विभिन्न पात्र र प्रवृत्तिको उदय र पतनको , उत्पादन पुनरउत्पादनको उपक्रम चलिरहेको छ । यस्तै क्रममा नेकपा बहुमत नामधारण गरेर , कम्युनिस्ट , क्रान्ति र समाजवादको गितगाउदै उत्थान भएका एकजना पात्रको नाम हो बास्तोला सर ।
आफू विद्वान बनेर , अरुलाइ अज्ञानी देखाउन जस्तोसुकै शब्द पनि प्रगोग गर्न क्षमता राख्ने क्रान्तिकारी विद्वान लाई “सर”नै भनेर सम्बोधन गर्न उचित लाग्यो । कुराको धेरै बान्की मिलाउनु केही छैन । अब सिधै विषय प्रवेश गरौं ।
एक ,नेपाल कम्युनिस्ट पार्टीको ,आठौं केन्द्रिय समितिको १२ औं वैठकमा बास्तोला सरले पार्टी एकाएक विघटन हुनसक्छ भनेर प्रस्तुत भएपछि हामी निकै गम्भीर भएका थियौं । नेपालको कम्युनिस्ट आन्दोलन र एकीकृत जनक्रान्ती लाई जनतासंग कसरी जोड्ने भन्ने बहस लाई बास्तोला सरहरुको प्रस्तुतिले बिषयान्तर गरिदियो । जनतासंग अलगावमा पनि नपर्ने , संसदवादी भुलभुलैयावाट पनि बच्नु पर्ने , एकीकृत जनक्रान्तिको अन्तर्वस्तु ग्रहन गरेर क्रान्ति अगाडि बढाउनै पर्ने , पार्टी केन्द्रीय समितिको अहम जिम्मेवारीको बीच महासचिव विप्लवको वान टु वान छलफलपछि केन्द्रीय समितिमा भएको सर्वसहमत निर्णयको बारेमा सवैलाइ जानकारी नै छ । वैठकको बहसमा क्रान्तिकारीहरुको बिचारधारात्मक र भावनात्मक घर्षणले फुटवादीहरुलाइ किनाराकृत गरिदिएको तथ्य जगजाहेर छ । सजातीय कम्युनिस्टहरुको बीचमा भएको बहस र छ्लफल लाई पार्टी बिभाजन गर्ने आधार प्रस्तुत गर्ने बिजातीय तत्वको प्रचारवाजी( बहुमत )आज पानीको फोका जस्तै बिलाउदै गएको छ । निकट भबिस्यमै कतिलाई किरण र केहिलाइ प्रचण्डले, पत्याएर सहभोजमा बोलाएछ्न भने छुट्टै मनिटर बनिरहनु पर्ने झन्झवाट पनि बास्तोला सरलाइ मुक्ति मिल्नेनै छ ।
दुई ,नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन पार्टीको आफ्नै पौरखले निर्मित भब्य सभाहलमा आजको बिकसित समाजका अन्तरबिरोध हल गर्न ,भबिश्यमुखी वाटो तय गर्दै असौज/कार्तिक महिनामा सम्पन्न भएको छ ।नेकपाले मङ्सिर ४ गतेको दलाल पुजिवादी संसदीय ब्यबस्थाको चुनाव अस्विकार गरेको छ । जनताले राजनितिमा नयाँ विकल्प खोज्दै गर्दा , नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी राजनैतिक प्रणालीको उज्यालो विकल्प प्रस्तुत गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको अबिछिन्न क्रान्तिकारी उत्तराधिकारीको रुपमा आफुलाइ उभ्याएको छ ।
अर्कोतिर नवौं महाधिवेशनले आजको गतिशील समाजभित्र रहेका अन्तरबिरोधका जराजरा खोतलेर नयाँ शस्लेषण गरेपछि बास्तोला सर को बर्बराहट झन बढेको छ । कपिलवस्तु महाधिवेशनले समाज ,सस्कृति र अर्थराजनीतिका विभिन्न क्षेत्रमा नयाँ अवधारणा विकास गरेपछि, विप्लव र एकीकृत जनक्रान्तिका विरुद्ध लामालामा निबन्ध लेख्नु , गालिगलौज गर्नु , कुन्ठा पोख्नु , रोइकराइ गर्नु , चर्चका पास्चरले झै प्रवचन भट्याउदै कुत उठाएर हिड्नु बास्तोला सरहरुको दैनिकी बनेको छ ।बास्तोला सरहरुको एकीकृत जनयुद्ध´र समाजवादी क्रान्तिको मुख्य कार्यभार एकीकृत जनक्रान्ती र विप्लवका विरुद्ध गाली वर्षाउनु रहेको छ । रातोखवरमा गालिगलौज
निबन्ध´ प्रकासन गर्न बास्तोला सरलाइ भ्याइनभ्याई छ ।गालिगलौजका दुर्गन्धित निबन्धले रातोखबर रङ्ग्याइएको छ ।
तीन,समसामयिक दुनियाँका अप्ठ्यारा हल गर्ने बिचार र मुद्दा निर्माण गर्न नसक्दा क्रान्तिकारी पार्टीहरुमा पनि बिभाजन आउन सक्छन् , पुराना पार्टी विघटन हुन्छन् , नयाँ पार्टी बन्छन् । पुरानोको विघटन र नयाँको सङ्घटन निरन्तर चल्ने प्रक्रिया नै हो । तर, पुरानोको निशेधमा नयाँ जन्म हुनुपर्छ,नयाँ ले पुरानो लाई प्रतिस्थापन गर्न सकेको हुनुपर्छ । अर्का लाई गालिगलौज गरेर आफू क्रान्तिकारी बन्ने परम्परागत भाष्य आज काम लाग्ने वाला छैन । तथ्य र विज्ञानमा बिश्वास गर्ने आजको दुनियाँलाई गालिगलौजको बालमतलब छैन । क्रान्तिकारी हुन त क्रान्तिकारी बिचार र नयाँ राजनीतिक संस्कृतिको जन्म गराउन सक्नु पर्छ ।सनातनी बिचारको वितण्डावादी मनिटर बनेका बास्तोला सरले कमरेड विप्लवलाई सरापेर आफू क्रान्तिकारी छु भन्नुको कुनै तुक छैन । आफू क्रान्तिकारी देखिन , अरुलाइ गालिगलौज गर्दै बजाइने क्रान्तिका नक्कली गीत व्याट्री ब्याकप सकिएपछि आफै बन्द हुन्छननै। तथापि ,यस्ता प्रलाप र कुतर्कको पनि समय मिलेसम्म जानकारी लिनु पर्दछ।
जस्तोकी धर्मेन्द्र सर,हाक साप्ताहिकमा अन्तर्वार्ता दिदै भन्नुहुन्छ- “मिस्टर चन्दमा दार्शनिक रूपले सारसङ्ग्रहवाद, राजनीतिक दृष्टिले संसदीय संशोधनवाद, सङ्गठनात्मक दृष्टिले निषेधात्मक अधिभूतवाद, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिले जुझारु अर्थवाद देखापरे । यसप्रकारका समस्याहरूको स्रोत विप्लवमा देखिएको निम्न पुँजीवादी रोमान्टिसिज्म (स्वच्छन्दतावाद) थियो । यो तथ्य उनको सोचाई र व्यवहारबाट पुष्टि भएपछि हामीले उनको गुटलाई हटाएर (बहुमत) पुनर्गठित गरेको हो”। अब केहि तथ्यगत बिसयमा प्रवेश गरौं –
एक, बास्तोला सरहरु रास्ट्रपतिको नारामा , काठमाडौको प्रदुषणले सक्रमित भएर कुहिरोको काग बनेपछि नेकपाका महासचिव विप्लवलाइ सारसंग्रहवादीको आरोप लगाउनु अनौठो बिषय भएन । माक्सवादी बिज्ञान लाई धर्मशास्त्रझै अपरिवर्तनीय जड वस्तु बनाउने , जडसुत्रवादी दर्शनको सहारा लिएर अरुलाइ केहि नबुझेका अज्ञानी देख्ने बास्तोला सरको ट्वारट्वार लाइ क्रान्तिकारी माक्र्सवाद मानिदिनु पर्ने होर?
वस्तुलाई बदल्दै, बदलिएको वस्तुलाई पनि रक्षा र बिकास गर्न सक्नुपर्छ भन्ने शस्लेषण थवाङ महाधिवेशनमा संगै बसेर गरेको होनि?अनि कपिलवस्तु महाधिवेशनले समाज विज्ञान र प्रकृति विज्ञानमा आएको अभुतपुर्व फेरबदललाई गहन बिश्लेसन गर्दै ,शस्लेसन गरेको अनिश्च्य ,रक्षा र रुपान्तरण को दर्शन कसरी सारसग्रहवादी हुन्छ?बास्तोला सरले भनेको एकीकृत जनयुद्ध ,समाजवादी क्रान्तिको कार्यदिशा र कार्यकारी रास्ट्रपतिको मनचिन्ते कथा कसरी माक्र्सवाद हुन्छ?। जनयुद्ध, आफै जनताको युद्ध हो ,जनयुद्धमा एकीकृत थप्नु पर्छ र? दम भए र गर्नेनै भए जनयुद्ध लेख्नुनी ।आजको नेपाल ,अर्धसामान्ती अर्धउपनिबेशिक नभएर नवउपनिवेशिक र दलाल पुजिवादी भयो भनेर भट्याउदै हिड्ने तपाई पनि होईन र?अनि माओले सिकाइदिएको दीर्घकालीन जनयुद्धलाई तोड्मोरोड गरेर एकीकृत भन्दिएर मात्र माक्र्सवादी भैइन्छ? कम्युनिस्टहरुले गर्ने क्रान्तिको न्युनतम लक्ष्य बैज्ञानिक समाजवाद हो सर, कार्यकारी रास्ट्रपति होइन । यस्तो माक्र्सवादी शिक्षा कसले सिकायो ? सायद बिदेशवाट आयातित कफी सगै मिसिएर आएको भुमण्डलिकृत पुजिवादले सरलाइ कलुषित गरेको पनि हुनसक्छ, दैनिक कफी लिनै पर्ने सरको बध्यतामा कोहि खेलिरहेको हुनसक्छ ।
महासचिव विप्लवसंग रिस उठेपछि आजको गतिशील दुनियाँका विरुद्ध नै आक्रोश पोख्ने तपाईंको दर्शन त झन माछा र दूध मिसाएको खानै नमिल्ने खिचडी जस्तो भएन र सर ? सुदर्शनशात्रले बिकसित गरेको जडसुत्रीय सुन्यवाद,छ्दम संशोधनवाद ,अवसरवाद ,पाखन्डवादको संयोजक बनेर बकबक गर्ने तपाईंको दर्शनलाई केको उपमा दिने बास्तोला सर? नेकपाको नवौं महाधिवेशनले खुला बहस गरेर शश्लेसन गरेको दस्तावेजलाई सारसंग्रहको डङुरसंग तुलना गर्दा , पैसाको खोजिमा जापान पुग्न बाध्य तपाईंका छोराले समेत खिसेटिउरी गर्लान् भन्ने हेक्का पनि राख्नु भएनछ । हुनत,वैज्ञानिक सिद्धान्त र राजनीतिक कार्यक्रम लाई राजनैतिक तर्क र तथ्यले खन्ड्न गर्न असम्भव हुने हुँदा अराजनीतिक गालिगलौजको सहारा लिनुभएको होला । विप्लवसंग झोक चलेकै आधारमा नेकपाको दस्तावेजलाई सारसंग्रहको ड्ङ्गुर भन्ने ( ई-रातो खबर२०७९,१३ पुस बुधबार प्रकासित लेखमा )तपाईंको मस्तिष्कमा बरु,कुन्ठा आग्रह पुर्वाग्रह,बितन्डा,संकिर्णता जडता र अपारदर्शीताको डङ्गुर जमिसकेछ क्यारे ।
दुई ,राजनीतिक रुपले संसदीय संशोधनवादी भनेर विप्लवलाई गालिगलौज गर्दै गर्दा स्थानीय चुनावताका पुलिसले दमन गर्न खोजेपछि , चुनाव बहिष्कारको कुनै निति र कार्यक्रम छैन भनेर वक्तव्य निकालेको यति छिटै बिर्सिसक्नु भयो र ? हुनत डेमेन्सिया भएको पनि हुन सक्छ । अनि नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ४को संसदीय चुनाबका विरुद्ध सशक्त खारेज अभियान चलाउदा , सर निर्वाचन अवज्ञाको कुरा गर्दै कार्यकारी राष्ट्रपतिको अबसरवादी /पुजीवादी नारा लगाएर दिन कटाउदै बसेको कुरामा कोहि अनविज्ञ छन र? दलाल पुजीवाद संसदीय व्यवस्थाको चुनाव लाइ बहिष्कार गरौं, भन्न समेत नसक्ने हुतिहाराले नेपाल कम्युनिस्ट पार्टीलाई संसदीय सशोधनवादी देख्नु `साउनमा अँखा फुटेको´ गोरुले सधै हरियो देखे जस्तै हो सर।
तीन ,संगठनात्मक ढगले निशेधधात्मक अधिभुतवाद भन्ने तपाइले ९ जना केन्द्रिय सदस्य लाई पछि लगाएर महासचिव लाई कार्वाही गरेको बक्तव्यबाजी गर्नु जस्तो निशेधात्मक अधिभुतवादी काम के हुन सक्छ?यस्तो कामलाई पार्टी संगठनमा अराजकता र बितन्डा भनिन्छ।, सर जस्तो क्रान्तिकारी विद्वान् लाई जानकारी नहुने कुरै भएन । प्रचण्डले भित्तामा पुर्याएका सुदर्शन लाई विप्लवले सबै मिलेर क्रान्ति गरौं भनेर पार्टीमा भित्र्याउदा बास्तोला सरले बिरोध गर्दा पनि सुदर्शन लाई नेता बनाउने र बास्तोला सरले नै पार्टी निर्णयका विरुद्ध वक्तव्य बाजि गरेर रमिता देखाउदा सम्मपनि एकताको पहल गरिरहने महासचिव विप्लव निशेधात्मक अधिभुत्वादी ? पार्टीले उदारतापुर्बक रुपान्तरणको अवसर दिदा समेत , आफ्ना कमजोरी ढाकछोप गर्न ,भए-नभएका शब्दको थुप्रो लगाएर गालिगलौज गर्दै भाग्ने तपाइहरु नै निशेधात्मक अधिभुतवादी ,फुटवादी र वितण्डावादी हो। अरुले कार्वाही गरौं भनेर जोड गर्दा पनि नगरौं बरु रुपान्तरण र एकतालाइ बचाऔ भन्ने महासचिव विप्लवलाई निशेधात्मक अधिभुतवादीको आरोप लगाउदा पत्याइदिनु पर्ने?६१ सदस्यीय केन्द्रिय समितिमा ५१ जना केन्द्रिय सदस्य र आम पार्टी पंक्तिको विश्वास र समर्थन प्राप्त महासचिव विप्लवलाई कार्वाही गरियो भनेर हावादारी वकवास गर्ने चाहिँ के वाद नि?छ्लफलको लागि एकमहिना पनि कुर्न नसक्ने ,पार्टीमा आफ्ना फरक मतलाइ लिखित रुपमा दर्ज गर्ने हुति समेत नराख्ने ,आफ्नो पाएक पर्दा सम्म विप्लव र एकीकृत जनक्रान्तिको अनेकौं बान्की मिलाएर ब्याख्या गर्ने ,आफ्नो स्वार्थ प्रतिकुल हुने भएपछि एकैपटक टाउकोमा घन बजार्ने सरहरुको प्रवृत्तिलाई चिनका लिन प्याओसंग तुलना गर्दा किन जिब्रो टोक्नु पर्यो र?
आफ्नो रोटी सेक्न ,क्रान्तिकारी मनोबिज्ञानको ब्ल्याकमेलिङ गर्दै , कतिपय अवस्थामा पार्टीको संगठनात्मक सेटिङ र जिम्मेवारीमा चित्त नबुझ्दा तुष पालेर बसेका , पद र जिम्मेवारी नपाएर ठुस्सिएका र पार्टी अनुशासन भङ्ग गरेकाहरुको गठजोड बनाएर ,पार्टी सन्चालन गर्ने जुक्ति बास्तोला सरहरुले बिकास गरेको एकीकृत जनयुद्धको संगठनात्मक अबधारणा नबुझ्ने को होला ।
चार,नेकपाका महासचिव विप्लवले संसदीय चुनाब शसक्त खारेजिको अपिल गर्दैगर्दा, बास्तोला सरको `एकीकृत जनयुद्ध´त चुनाव अवज्ञाको खास्टो ओढेर कार्यकारी राष्ट्र्पतिको हावादारी गफमा दिनभर काठमाडौका गल्लितिर “लखर लखर साझ परे फल्याट्मा मस्तराम”सरहरुको यस्तो दैनिकीमा बेखबर को छ र? अनि आत्मसुरक्षावादी तपाईं कि विप्लव?
पाँच ,निबन्ध र प्रबचनहरुमा बास्तोला सरले आर्थिक कुरा पनि जोड्दै महासचिव विप्लवलाई जुझारु अर्थवादीको आरोप लगाउने गर्नु भएको छ । राजनीतिक पार्टी ,तीनका नेता कार्यकर्ता मगन्ते र परनिर्भर बनेर गरिने कुनै पनि प्रकारको राजनिती, दोहनको अर्को उपक्रम मात्र बन्दछ ।त्यसैले अब चन्दा उठाएर मात्र पार्टी, तिनका नेता र कार्यकर्ताको गुजारा चलाउने धन्दा बन्द गर्नुपर्छ । अनिमात्र देशलाइ दलालतन्त्र वाट मुक्त गर्न सकिन्छ , विदेसीसंग भिग मागेर ल्याएको पैसाले देशको बिकास र समृद्धि सम्भब छैन , विप्रेषणले भरथेक गरेको अर्थतन्त्र दिगो हुँदैन भन्दै स्वाधिनताको लागि उत्पादन र क्रान्तीसंगै अगाडी बढाउने पार्टी र नेता जुझारु अर्थवादी? आफुले गरेको अपचलन र अपारदर्शी खेलोमेलो ढाकछोप गर्न अनेकौं प्रपन्च गर्ने ,बास्तोला सरहरु पारदर्शी ? पार्टी कोषमा जम्मा भएको पैसा र श्रमवाट ,पार्टीको आफ्नै जमिन ,भवन संग्राहलय वनाउन दिनरात खट्ने नेता र पार्टी अपारदर्शी ? । स्वामित्वको प्रश्न लाई व्यबहारिक र बैज्ञानिक बनाउन ,एकीकृत आर्थिक स्वामित्वको समाजवादी अबधारणा बिकास गर्ने पार्टी र नेता जुझारु अर्थवादी ?अनि हातमा परेको पैसा सवै ल्वामलुम पार्न मरिहत्ते गर्ने सरहरु समाजवादी?
अब चाहिँ सन्दर्भ अनुसार ,आफ्नो पायक पर्ने गरि शब्द समायोजन गरेर गालीगलौजमा प्रतिस्पर्धा गर्नु भन्दा आफुले तय गरेको बाटोमा अघि बढनु सहि हुन्छ । गतिशील समयको प्रवाहले सहि र गलत पुष्टि गरिहाल्छ ।
अन्तमा,
पाका कम्युनिस्ट नेता किरण र सन्तबहादुर नेपाली कमरेडहरुले तपाईंहरुको आचरण प्रदर्सन गर्ने फोरम उपलब्ध गराउनु भएछ । किरण कमरेडहरुसंग तपाईंहरुको सहकार्य दिगो बनोस ,फेरि किरण कमरेड लाई पनि भएभरका गाली गर्दै पुस्पकमल दाहालको दैलोमा नपुग्नु होला । जडसुत्रीय सुन्यवादी सोच र वितण्डावादी आचरण परित्याग गर्नोस् , सच्चा कम्युनिस्टहरु बीचको एकता र सहकार्य लाई मृत बनाउन कसैले सक्दैन । बास्तोला सरहरुलाइ शुभकामना !
२९ पौष २०७९.
(लेखक सविन सी नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।)
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.