पत्रकारिता र जनसञ्चार:अमर काँक्री (सञ्जीव)

डेली न्युजराप्ती       १६ असार २०७९ ०७:३८ मा प्रकाशित     182 No Comments

विचार:अमर काँक्री (सञ्जीव)

आजको युगमा सूचना सञ्चार अर्थात् पत्रकारिताको महत्व निकै बढेर गएकोछ । यसर्थमा कि हामी बसेको समाज, देश-दुनियाँमा भईरहेका चमत्कारिक विकास निर्माणका कामहरु, विज्ञान प्रविधिको विकास र त्यसले पैदा गर्ने क्रिया र प्रतिक्रियाहरुको तीव्रताले सिंगो मानव जातिलाई तरंगीत गरिरहेको छ । समाजमा भईरहेका यिनै क्रिया-प्रतिक्रियाहरु लगायत विभिन्न गतिविधिहरुका बारेमा जनता र समाजलाई तथ्यपूर्ण घटनाको बारेमा सुसूचित गर्ने माध्याम नै पत्रकारिता हो । त्यसैले यसलाई आवाज विहीनहरुको आजाज पनि भनिन्छ । यस प्रकारको महत्वपूर्ण भूमिकाका कारण यसलाई राज्यको चौथो अंगको रुपमा परिभाषित गरिएको छ । पत्रकारिता सामान्यत दुई प्रकारको हुन्छ- मिशन पत्रकारिता र व्यावसायिक पत्रकारिता । त्यस्तै वर्गीय
समाजमा पत्रकारिता पनि दुई प्रकारको हुन्छ- पहिलो साम्राज्यवादी तथा दलाल पुँजीवादी वर्गको चाप्लुसीमा रमाउने गथास्थीतिवादी पत्रकारिता, दोश्रो सर्वहारा तथा श्रमिक जनताहरुको हक, हित र स्वतन्त्रताको पक्षपोषण गर्ने परिवर्तनकामी पत्रकारिता । विचारधारात्मक दृष्टिले पहिलो प्रवृतिले अन्याय र यथास्थितीवादी विचारको पक्षपोषण गर्दै पुँजी कमाउने कुरामा जोड गर्दछ भने दोश्रो प्रवृतिले न्याय र स्वतन्त्रताको खातीर सर्वहारा श्रमिक जनताले अगालीरहेको परिवर्तनकारी विचारको पक्षपोष गर्दै स्वयंसेवी भावनामा रमाउने गर्दछ ।

विज्ञान-प्रविधि तथा सूचना सञ्चारको विकासले आजको विश्व भूमण्डलीकृत हुन पुगेको छ । त्यसैले आजको युगलाई इन्टरनेट क्रान्तिको युग पनि भनिन्छ, जसलाई साम्राज्यवादी तथा दलाल पुँजीवादी विश्व व्यावस्थाले आफनो हित अनुकूल प्रयोग र नियन्त्रण गरिरहेको छ । जसका कारण सर्वहारा श्रमिक जनताको न्यायिक आवाजको पक्षमा होईन बरु यो लुटेरा साम्राज्यवादी तथा दलाल पुँजीवादी तत्वका पक्षधर यथास्थितिवादी पत्रकारहरुद्वारा लुटेरा साम्राज्यवाद तथा दलाल पुँजीवादको पक्षमा भजनमण्डलीका रुपमा व्यक्त भईरहेको छ । लुटेरा साम्राज्यवादी तथा दलाल पुजीबादीहरुद्वारा आफ्नो सत्ता र स्वार्थका लागि प्रयोग गरिने सबै विषयहरु मानव अधिकार र न्यायपूर्ण हुने तथा त्यसको विरोध तथा न्यायको पक्षमा उठाईने आवाजहरु आतंककारी तथा मानव अधिकारको विरुद्ध हुने गरी परिभाषित तथा प्रयोग गरिएका छन् । यही चरित्रका कारण आजको विश्व व्यावस्थाप्रति आम न्यायप्रेमी श्रमिक जनताको अविश्वास र घृणा व्यापक रुपमा बृद्धि भएका कारण चौतर्फी घेराबन्दीमा पर्दै गइरहेको छ । यसलाई उनीहरुले जबर्जस्त रुपमा विषयान्तर गर्दै गईरहेका छन् । जस अन्र्न्तगत पहिलो सैन्य हर्कत अर्थात न्यायपूर्ण आवाज माथि बलप्रयोग गर्ने, दोश्रो नकारात्मक प्रचार अभियान अर्थात् तथ्यहरुको टोड-मरोड गर्ने यसरी आजको युगमा लुटेरा साम्राज्यवादी तथा दलाल पुँजीवादीहरुले न्यायपूर्ण आवाजका विरुद्ध सैन्य बलको प्रयोग र विज्ञान-प्रविधि तथा सूचना सञ्चारको दुरुयोग गरी आफ्नो लुटेरा विश्व व्यावस्थाको संरक्षण गरिरहेका छन् । यसका बावजुत आज विश्व व्यापी रुपमा साम्राज्यवादी तथा दलाल पुँजीवादी विश्व व्यावस्था असफल र विर्सजनको बाटोमा लम्किरहेको छ भने सर्वहारा श्रमिक जनहरुको न्यायपूर्ण आवाज विश्वव्यापी रुपमा शक्तिशाली बन्दै गईरहेको छ । तथ्यहरुको यो सत्यतालाई आम जनताको तहसम्म पुयाउनु र उनीहरुलाई वर्तमान उत्पीडनका विरुद्ध संघर्ष गर्न प्रेरित गर्नु नै आजको सर्वहारा श्रमिक वर्गको पक्षमा पत्रकारिता गर्ने स्वयंसेवी पत्रकारहरुको कर्तव्य र दायित्व बनेको छ । लुटेरा साम्राज्यवादी तथा दलाल पुँजीवादी राज्यसता र सर्वहारा श्रमिक जनता बीचको राजनैतिक वैचारिक, सामरिक र प्राविधिक संघर्षको वर्तमान पृष्ठभूमिमा आजको जन पत्रकारिता अर्थात् स्वयंसेवी पत्रकारितालाई

निम्नानुसार अगाडि बढाउनु पर्दछ पहिलो:जनसञ्चारलाई भूमण्डलीकृत रुपमा संगठित गरिनु पर्दछ न्यायपूर्ण र सत्यतथ्य समाचारको विषयलाई जनताको पहुँचमा पुयाउनका लागि आजको जनसञ्चारलाई विश्वव्यापी रुपमा
यानेकि भूमण्डलीकृत रुपमा संगठित गरिनु पर्दछ । त्यसको अभावमा विश्वव्यापी साम्राज्यवादी तथा दलाल पुँजीवादी कु-प्रचारको प्रतिरोधको संभावना कमजोर हुन पुग्दछ भने दुनियाँ लुटेरा साम्राज्यवादी तथा दलाल पुँजीवादीहरुको तथ्यहीन र भ्रमपूर्ण समाचारमा बस्न विवश हुनु पर्नेछ । सर्वहारा श्रमिक वर्ग पक्षमा तथा सबै प्रकारका साम्राज्यवादी तथा दलाल पुँजीवादीहरुको तथ्यहीन समाचारको खण्डन र सशक्त प्रतिरोध तथा तथ्यपूर्ण र न्यायपूर्ण समाचारको विश्वव्यापी सम्प्रेषणका लागि जन सञ्चारलाई भूमण्डलीकृत रुपमा संगठित गरिनु आवश्यक छ । –

दोश्रो-जनसञ्चारलाई क्रान्ति र परिवर्तनको – निम्ति प्रयोग गर्नु पर्दछ- यो कुरा साचो हो कि = आजको विश्व व्यावस्था आम सर्वहारा श्रमिक = जनताको पक्षमा छैन । जसले केवल लुटेरा सम्राज्यवाद र दलाल पुँजीवादको मात्र पक्षपोषण – गरिरहेको छ । मुट्ठीभर मानिसहरुको पहुँचमा ठूलो धनराशी जम्मा हुँदै जानु र ठूलो संख्यामा श्रमिक जनताहरु गरिबीको रेखामुनि बस्न विवश हुनु, – उनीहरुको गास, बास, कपास, शिक्षा-स्वास्थ्य र रोजगारीको अवस्था दयनीय हुँदै जानु आजको विश्व व्यावस्थाको आम चरित्र बनेको छ । यसका साथै आफु भन्दा साना र पछौटे मुलुकहरुलाई विभिन्न संझौताहरु जबर्जस्त लाड्ने, विभिन्न बाहनामा राजनैतिक र फौजी घेराबन्दी गर्ने र हमला गर्ने र स्वतन्त्र र स्वाधीन राष्ट्रहरुलाई नव उपनिवेशीकरण गर्दै लगिरहेको छ । उक्त विश्व व्यावस्थाको विरुद्ध वैज्ञानिक समाजवादी राज्य व्यावस्थाले मात्र स्वतन्त्र तथा स्वाधीन राष्ट्रहरु र सर्वहारा श्रमिक जनहरुको । सेवा गर्दछ । यसको लागि वैज्ञानिक समाजवादी चेतना र आन्दोलनलाई सुसंगत गर्ने प्रचार कार्यलाई = विश्वव्यापी बनाउन जोड लगाउनु पर्दछ।
तेश्रो-जनसञ्चारलाई सत्य र तथ्यपूर्ण बनाउन प्रतिबद्ध रहनु पर्दछ – आजको लुटेरा साम्राज्यवादी तथा दलाल पुँजीवादी विश्व व्यावस्थामा भईरहेका तथ्यहरुको टोड-मरोड तथा भ्रमपूर्ण समाचारको प्रतिवाद गर्नु र सत्य-तथ्य समाचारलाई जनस्तरसम्म पुऱ्याउन जनसञ्चारको क्षेत्र प्रतिबद्ध रहनु पर्दछ लुटेरा साम्राज्यवादी तथा दलाल पुँजीवादी विश्व व्यावस्थाको रक्षका लागि उनीहरुद्वारा फैलाईने भ्रमपूर्ण समाचारहरुको खण्डन मात्र प्रयाप्त छैन बरु निर्भिकतापूर्वक सत्य र तथ्यपूर्ण घटनाक्रमहरुको बारेमा देश र दुनियाँलाई सुसूचित गर्न जनसञ्चार क्षेत्र पूर्ण रुपले जवाफदेही र प्रतिबद्ध हुनु पर्दछ।

चौथो – जनसञ्चारलाई आम जनताको पहुँचमा पुयाउन जोड लगाउनु पर्दछ- आजको दुनियाँको वास्तविकता यो रहेको छ कि विश्वमा घटिरहेका विभिन्न घटना परिघटना तथा विविध गतिविधिहरु वाट सुसूचित हुने अधिकारबाट आम जनता बञ्चित हुनु परेको छ । यसको पहाडी एकातिर विकसित विज्ञान-प्रवृधिमा आम जनताको पहुँच पुगेको छैन भने सकेसम्म जनस्तरसम्म सूचना नपुऱ्याउने जनविरोधी व्यावस्थाको नियतले काम गरिरहेको छ, । यस प्रकारका चुनौतीपूर्ण तथ्यहरुको पृष्ठभूमिमा विभिन्न सरल उपायहरुको खोजी र परिचालन गर्दै र आजको जनसञ्चारलाई हामीले आम जनताको तहसम्म पुऱ्याउन पहल बढाउनु पर्दछ ।

पाँचौ – जनसञ्चारको क्षेत्रमा काम गर्ने पत्रकारहरुले आफनो हकहितका लागिी संघर्ष गर्नु पर्दछ- आज जनसञ्चारको क्षेत्रमा काम गर्ने पत्रकारहरु माथि राज्यले विभिन्न उत्पीडनहरु लाडिरहेको छ । सत्य र न्यायको आवाज बुलन्द गरेकै कारण थुप्रै पत्रकारहरु मारिएका छन् विभिन्न झुट्ठामुद्धा लगाउने, जेल-हिरासतमा राख्ने तथा विभिन्न मानसिक र भौतिक यातना दिने राज्यको गैर कानुनी हर्कत र नियतका विरुद्ध जनसञ्चारको क्षेत्रमा काम गर्ने पत्रकारहरुले आफनो हक-हितका लागि संघर्ष गर्नु पर्दछ । त्यसको लागि सर्वहारा – श्रमिक पक्षधर पत्रकारितामा आवद्ध स्वयंसेवी पत्रकारहरुले संगठनलाई विस्तार गरिनु पर्दछ त्यसको लागि सचेत र योजनावद्ध पहलकदमी लिन आवश्यक छ जस अर्न्तर्गत नयाँ सदस्यको विस्तार, उनीहरुको तालिम र विकासलाई अगाडि बढाउनु पर्दछ। संगठनको बलमा गरिने संघर्षद्वारा मात्र हक र अधिकारलाई सुनिश्चित गर्ने ऐतिहासिक तथ्यहरुको जगमा खडा भएर मात्र आजको जनसञ्चारलाई सशक्त अगाडि बढाउनु पर्दछ

वर्गीय समाजमा पत्रकारिता पनि वर्गपक्षधरतामा आधारित हुने सार्वभौम सच्याई हो । अक्सर यो चर्चा पनि गरिन्छ कि पत्रकारिता सत्यतथ्य, सन्तुलित र निष्पक्ष हुनु पर्दछ। यो कुरामा पनि हामी स्पष्ट हुनु पर्दछ कि लुटेरा साम्राज्यवादी तथा दलाल पुँजीवादी विश्व व्यावस्थाका संचालकका पक्षपाती सञ्चार माध्यामहरु एक हदसम्म सत्यको जगमा टेक्छन तर कहिल्यै पनि निष्पक्ष हुन सक्दैनन् । यो पनि सार्वभौम सच्याई हो । यसर्थमाकि कुनै पनि वस्तु घटना परिघटना तथा क्रिया र प्रतिक्रियाहरु सबैले देख्ने, भोग्ने र अनुभूत गर्न सक्दछन् तर त्यसको संश्लेषण-विश्लेषण र निष्कर्षलाई आफ्नो वर्गको हितानुकूल प्रयोग गर्ने = लुटेरा साम्राज्यवादी तथा दलाल पुँजीवादीहरुको चिरित्रिक विशेषताका कारण उनीहरुले सत्य-तथ्य र निष्पक्षतामा कहिल्यै टेक्न सक्दैनन् । यसरी मात्र उनीहरुले आफ्नो राज्यसत्तालाई अस्थायी रुपमा टिकाउन सक्दछन् । तर सर्वहारा श्रमिक वर्गीय पक्षधर पत्रकारिताको क्षेत्रमा कार्यरत स्वयंसेवी पत्रकारहरुले जहाँ र जहिले पनि मात्र सत्य-तथ्यमा आधारित निष्पक्ष पत्रकारिता गर्न सक्दछन् किनकि उनीहरुसँग अथाह देश प्रेम र सर्वहारा श्रमिक जनको हित भन्दा अरु कुनै स्वार्थ हुँदैन । यही सैद्धान्तिक प्रस्थापनाको जगमा मात्र आजको जनसञ्चारको स्वाभिमान, विकास, संघर्ष र विजय अन्तर्निहित रहेको छ ।

लेखक: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ।

साभार:जनपत्रकार संगठन नेपालको मुखपत्र”जनपत्रकार”बाट साभार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार