‘हामी कुनै देशद्राेही हाेइनाै अदालतका कठघरामा उभिने’

डेली न्युजराप्ती       १८ श्रावण २०७९ ०९:३१ मा प्रकाशित     436 No Comments

सन्तोष बुढा मगर(विषम) हामी कुनै देशद्राेही हाेइनाै अद्दालतका कठघेरामा उभिने,
हामी कुनै अपराधी हाेइनाै जनअद्दालतमा उभिने,
हामी त क्रान्तिकारी हाैं
देश र जनताका लागि संघर्ष गर्ने,
हामी त देशभक्त हाैं
स्वाधिनतनका लागि लडेने,
सक्छाै भने ती भ्रष्टाचारीहरुलाई समाऊ
देश द्राेहीहरुलाई समाऊ,
म्याद तामेल गर,
कठ्घेरामा उभ्याऊ,
अनि मात्र भन्न छाैं र
जनताले भन्नेछन््-
स्याबास बहादुरहरु, बाबाका छाेराहरु,
तर तिमी त,
मालिकका तारिफ गर्न,
बुट बजारिरहेछाै,
अद्दालतबाट आदेशहरु फर्मान गरेर
देश बेचिरहेछाै दलाली गरेर,
माफ पाउँ हजुर!
तिम्राे आदेश हामीलाई नामञ्जुर छ,
फिर्ता गर तिम्राे आदेश,
याे हामीलाई अमान्य छ ।
हामी भ्रषटाचारी र देशद्राशेही हाेइनाै,
हामी त जनता र राष्ट्रका लागि,
अन्तिमसम्म लडिरहने क्रान्तिकारी हाैं ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार