वर्षा (कविता) : खेमराज बुढा

डेली न्युजराप्ती       ७ कार्तिक २०७८ ०७:१३ मा प्रकाशित     532 1 Comment


अछाम।मडारिएको कालो बादल बाट निस्किन्छौ तिमी
गड्याङगुडुङ गरि पृथ्वीसंग जिस्किन्छौ तिमी ।

बाढी, पहिरो, खोला, नाला बनेर आउने
असारे महिना तिमी आए किसानले गित गाउने ।

कति हास्छन कति रुन्छन तिमीलाई देखेर
आउछौ तिमी समय अनुसार रुप फेरेर ।

भदौ, असोजमा धेरै आई गर्छौ ठुलो क्षेति
कतै बग्छन मानिस, घर कतै बग्छन् खेति।

उर्वर भूमि मानव वस्ति बनाउछौ बालुवा
तिमी नभई संसारका पलाउदैनन् पालुवा।

प्रकृतिमा तिमी पनि शक्तिशाली रहेछौ
सुख र दु:ख दिने संसारमा तिमीनै भएछौ ।।
लेखक:- जनपत्रकार संगठन नेपाल अछाम जिल्लाका अध्यक्ष हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार

कमरेडलाई हाँसेको मन पर्दैन

२९ जेष्ठ २०८० १४:०१

किनकी म समाजवादी हुँ!

२२ पुष २०७९ १९:३६

यो बालेनको सहर हो!

२२ मंसिर २०७९ २०:१२

पक्राउ पुर्जी!

१८ श्रावण २०७९ ०९:२४