सहिदको रगतमा पौडि खेल्ने गद्दार नेताहरुलाई देख्दा घृणा लाग्छ

डेली न्युजराप्ती       १९ कार्तिक २०७८ १५:४१ मा प्रकाशित     971 No Comments

कला अधिकारी। समय बितेको थाहा भएन् तपाईं फर्किनु हुन्छ भने आश गर्दा गर्दै १९ वर्ष बितिसके छ । यथार्थलाई स्वीकार गरेर जिबन जिउन त सिकेमसिकेम बाबा तर तपाईको सम्झनाले भने हर दिन सताउछ बाबा ! नेपालको एकात्मक राज्य व्यवस्था अर्थात् जहानिय राजतन्त्र अन्त्य सँगै वर्तमान गणतन्त्र स्थापना संगै जनवादी राज्य व्यवस्था महान अासा र अभिलाषा बाेकेर महान माअाेवादि जनयुद्धमा दौडधुप गर्दागर्दै तपाईंले देशको लागि आफ्नो अमूल्य ज्यान तिलाञ्जली दिनुभएको नी १९ वर्ष लागेछ । तपाईं लगायत महान सहिदहरु प्रति श्रद्धा सुमन अर्पण व्यक्त गर्दछु । तपाईको बलिदान नि सबै भन्दा ठुलो उर्जा हो मेरो लागि ।

१० बर्से जनयुद्ध रहर होइन आवश्यकता थियो पार्टीको विधि र विचार पनि सर्वहारा वर्ग केन्द्रीत थियो तर आज देश संघीय गणतन्त्र सम्म आइपुग्दा हिजो भिन्नै सपना देखाउने नेतृत्व भनाउदाहरु हिजोको धरातल बिर्सिएर कुर्सीको लड़ाईमा व्यस्त छन् । तिनै सहिद घाइते बेपत्ता योद्धाहरुको त्याग बलिदानले त्यो ठाउँमा पुगेर सबैले भुलेका छन् ।
तर जति नै दुःख लागे पनि यो कुरामा खुसी छु बाबा तपाईं जस्तो असल इमान्दार र राष्ट्रप्रेमीहरुको बलिदानले गर्दा आज देशमा आम नागरिकले यति सम्म अधिकार पाएका छन् । तर जुन सपना र व्यवस्थाका लागि तपाईंले ज्यान कुर्वानि गर्नु भयो त्यो यात्रामा भने नेतृत्वका ब्रेक लागेको छ तुवाँलोले देखिन खाेजेकाे तर अाज महान अभियान मार्फत संगठित भएर फेरि अगाडि बढिरहेका छाैं । त्यसैले गद्दारहरुकाे कारणले तपाईंकाेहरुलाई वर्तमान अवस्थामा उचित सम्मान छैन् तर इतिहासले तपाईंहरूलाई अमर अजर बनाएको छ र बनाईरहनेछ । बाबा तपाईं हाम्रो साथमा नभए पनि तपाईंले जीवनमा धेरै कुरा सिकाएर जानुभयो । आखिर मानवता हुनुको अर्थ पनि यही नै होला तपाईंले देखेका सारा सपना पूरा गर्नमा तल्लीन छु । तपाईं नभए के भो त तपाईंको त्यो सच्चा कम्युनिष्ट सोच ममा पनि सधैं जिवन्त रहिरहनेछ ।

सहिद ओम अधिकारी।

अाज गद्दारहरुकाे कारणले देशको लागि बलिदान दिने मात्र होइन याेद्दाहरु मात्रै हाेईन् सर्वहारा वर्गहरु समेत अझै अन्धकारमय जीवन बाँचिरहेका छन् । धिक्कार छ यस्ता खोक्रो राष्ट्रवादी नेताहरुलाई मलाई विश्वास छ त्यो तपाईंको सच्चा विचारले एकदिन अवश्य मुर्त रूप लिनेछन् । खबरदार नेताहरु तिम्रो हिजोको कम्युनिष्ट विचारलाई कुन झोलामा लुकाएर आज खोक्रो कम्युनिष्टको नाटकमा सर्वहारा वर्गलाई झुक्याई रहेका छौं । तिमीहरूलाई अलिकति नी छुट छैन् नत्र सारा सहिद घाइते र बेपत्ता योद्धाहरु र उनको परिवारको आँसुको भेलले बगाउने छ । फेरि पनि बाबा तपाईं प्रति धेरै धेरै माया र उच्च सम्मान र सधैं तपाईंले देखाएको बाटोमा हिड्ने प्रतिबद्ध जाहेर गर्दछु । सहिद नाममा भएको राजनीतिले देश र जनताको नाममा बलिदानी दिने सहिदको महत्त्वलाई फिक्का बनाइदिएको छ ।
नेपाली समाजमा विदुवा नारी भएर बाँच्न धेरै कठीन परिस्थितिमा अनेकौं संघर्ष गरेर सन्तानको उज्वल भविष्य निर्माण गर्न अवरात्र खट्ने मेरी आमालाई पनि सलाम छ ।
संघर्ष के हो आमाबाट सिकेर हरेक दिन बुबाको सपनालाई साकार पार्न संघर्ष गरिरहेको छु । कहिलेकाहीं अनुभूति हुन्छ “बाबा” शब्द प्रयोग गर्न पाए नी हुन्थ्यो भनेर तर उहाँको सोच विचार सम्झिँदा बलियो बनाउँछ र संघर्ष गर्न सधैं प्रोत्साहन तुल्याउँछ । अध्यारो बिगतले उज्यालो भबिस्य रोक्दैन भने कुरा पुष्ठि भको छ र हुनेछ ।

शहिदहरुको सपना र त्यागलाई हामीले कत्तिको साकार पार्न सकेका छौं भन्ने कुरा भने नेपाली राजनीति अनि नेतृत्वले सोंच्नैपर्ने बेला आएको छ । शहिदका परिवार अनि घरहरु लगायत शहिद परिवारका सदस्यहरुको अवस्था दूरदराजमा कस्तो रहेको छ ? विचार गर्न जरुरी छ,शहिदको आशिषको छत्रछाँयामा शहिदकाे सपनाको राज्य प्राप्त होस् र शहिदहरुका रगतहरुबाट स्थापना भएको नयाँ राज्य व्यवस्थाले उहाँहरुकाे रगत र सहिद परिवारका अाँशुरु पुछ्न् सकोस् ।

(सहिद अाेम अधिकारी सहिद हुनु भएको १८ बर्ष पूरा भई अाज कै दिनबाट १९ बर्ष प्रवेशकाे स्मृति अवसरमा लेखिएको सम्झना र प्रतिबद्धताका शब्दहरु)

लेखक:- कला अधिकारी अखिल(क्रान्तिकारी)को केन्द्रीय समिति सदस्य हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार