चितवन – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मतपेटिका जलाएपछि मतदान स्थगित भएको छ । चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको मतपेटिका जलाएपछि मतदान स्थगित भएको हो ।
उक्त मतदान केन्द्रमा नेकपाका कार्यकर्ताले चार मध्ये १ मतपेटिकामा आगो लगाएका थिए । राप्ती नगरपालिका वडा नं. ८ मा नेकपाका कार्यकर्ताले आगो लगाएपछि मतदान स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत रेशमराज सिग्देलले स्थगित भएको खबर आएपछि आफू त्यसतर्फ गइरहेको बताए ।
मतपेटिका जलाएपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको थियो । अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.