विप्लवका तुलसीपुर नगर अध्यक्ष वलीको युवाहरुलाइ अपिल: स्वदेशी माटोसंग सिँगौरी खेलौ

डेली न्युजराप्ती       ४ कार्तिक २०८० ०९:३२ मा प्रकाशित     277 No Comments

हेमन्त प्रकाश वली ।

नेत्रविक्रम विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यतिबेला देशव्यापी उत्पादनको कार्यलाइ तिब्रता दिएको छ ।

सो पार्टीका महासचिव विप्लव सीसहित केन्द्रीय नेताकार्यकर्ता का साथै तल्लो तहका नेताकार्यकर्ता समेत उत्पादनमा सक्रियताका साथ लागिपरेका छन् ।

नेकपाले गत असोजमा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देशको नितिसहित देशैभरीका नेताकार्यकर्तालाई कृषि उत्पादनका साथै उधोग , कलकारखाना , व्यापारमा जोडिन प्रेरित गरिरहेको छ ।

नेकपाले देशका विभिन्न ठाउँमा जनकम्युन समेत चलाइरहेको छ । कपिलवस्तुको शिवगढी , कैलाली , बर्दिया , दाङ लगाएतका ठाउँमा सो पार्टीका नेताकार्यकर्ताहरुले हजारौं बिघा क्षेत्रफलमा खेती गरिरहेका छन् ।

स्वयं पार्टीका केन्द्रीय महासचिव प्रत्यक्ष श्रममा जोडिएर उत्पादनको नेतृत्व गरिरहेका छन् ।

यता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पश्चिम दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष केवी वली (विप्लव)ले तुलसीपुर – १ भमकेमा पुष्प ( हजारी) खेती गरिरहेका छन् ।

नेता वलीले तुलसीपुरको भमकेमा करिव ५ कठ्ठा जमिन भाडामा लिएर २५०० सय पुष्पका वेर्ना लगाएर पुष्प खेती गरिरहेका छन् ।

शान्तिनगर – ३ एकरातेमा जन्मिएका नेता वली कक्षा ९ देखि बिद्यार्थी राजनीतिमा जोडिएका हुन् । उनी अहिले राजनीति शास्त्रको अध्यन गरिरहेका छन् ।

आफ्नो रोजाइ राजनीति भएपनी हरेका नेताकार्यकर्ता आत्मनिर्भर नबन्दासम्म मुलुकको राजनीति सफा नहुने उनको तर्क रहेको छ ।

करिव ५० हजार लगानीबाट सुरु गरेको पुष्प खेतिबाट करिव दुई /अढाइ लाख कमाउने लक्ष्य राखेको उनले बताए ।

गफ गरेर मात्रै हुदैन , नेता वलीले भने– ‘आत्मनिर्भर बन्न , देश समृद्ध पार्न एकपटक आफ्नो माटोसंग प्रत्येक नेपाली युवाले सिँगौरी खेल्नैपर्छ ।’

तिहारका लागि लक्षित गरि गरिएको पुष्प (हजारी) को अग्रिम अर्डर मात्रै २०० केजीको आएको उनले बताए ।

काठमाडौंबाट १०० केजी र स्थानीय स्तरमा १०० केजी बराबरको अग्रिम अर्डर भएको वली बताउछन् ।

आज मुलुकको हालत भयावह छ , वलीले थप भने– ‘बिदेशिने युवाहरुको लर्को छ । नेपाली युवाहरु नपुगेको कुनै देश बाकी छैन । मान्छेहरु लाखौं पैसा खर्च गरेर गैरकानुनी ढंगले अमेरिका लगाएतका देशमा प्रवेश गरिरहेका छन् । इजरायलमा पुगेका युवा दाजुभाइहरुको लास समेत अहिलेसम्म नेपाल आइपुगेको छैन । यो कहालीलाग्दो अवस्थालाई हामिले बदल्नुपर्छ । यसको मुख्य दोष यो देशको राज्यव्यवस्था नै हो । हामी यो व्यवस्था खारेजीका लागि पनि लडिरहेका छौँ । साथसाथै हामी आफू पनि आफ्नो ठाउँबाट श्रममा जोडिन सक्नुपर्छ भनेर नै मैले आफ्नै मुलुकको माटोमा भविस्य खोज्दैछु । म त भन्छु बिदेश गएर ठुलाठुला कुरा गरेर मात्रै हुँदैन , नेताहरुलाइ गाली गरेर मात्रै हुँदैन । अब प्रत्येक युवा देश फर्किनुपर्छ । यो देशको बिधमान संसदीय व्यवस्थालाई धुलोमा मिलाएर समाजवाद स्थापना गर्नुपर्छ । वास्तविक शान्ती , समृद्धि र स्वाधीनता समाजवादमा मात्रै प्राप्त हुनेछ ।’

नेता वलीले आगामी वर्षदेखि अन्य व्यवसायी खेती समेत गर्ने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार