अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मेक्सिकोको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा

डेली न्युजराप्ती       १० माघ २०८१ ०८:२१ मा प्रकाशित     588 No Comments

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । गएराति भएको सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि सङ्कटकाल घोषणा गर्नुभएको हो ।

उहाँले सबै गैरकानूनी प्रवेश बन्द गरेर लाखौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताउनुभएको छ । उहाँले जन्मसिद्ध नागरिकताको परिभाषालाई सम्बोधन गर्ने आदेशदेखि अमेरिका–मेक्सिको सीमामा कडाइ गर्ने आफ्नो प्रतिबद्धतामा यो कदम चाल्नुभएको हो ।।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार