बैशाख १७ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी पश्चिम दाङले तुलसीपुरमा संगठन सुदृढ तथा बिस्तार अभियानलाई तिब्रता दिएको छ ।
संगठनले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र ९ मा छुट्टाछुट्टै वडा कमिटीहरु गठन गरेको छ ।
शनिबार संगठनद्वारा तुलसीपुर उपमहानगरपालिका वडा नं.मा भावना सीको संयोजकत्वमा ११ सदस्यीय वडा समिती गठन गरिएको थियो ।
अनेमसंघ क्रान्तिकारी तुलसीपुर-९ को भेलामा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज भुवन सी , अनेमसंघ क्रान्तिकारी जिल्ला संयोजक प्रकृति सी , अनेमसंघ क्रान्तिकारीका जिल्ला सदस्य अरुणा सी , राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य नर वहादुर सीको आतिथ्य रहेको थियो ।
भेलाको अध्यक्षता संगठनकि वडा संयोजक भावना सीले गरेकी थिइन ।
यस्तै अनेमसंघ क्रान्तिकारी तुलसीपुर -५ मा उमा नेपालीको अध्यक्षतामा सम्पन्न भेलाले चन्द्रकला परियारको संयोजकत्वमा १३ सदस्यीय वडा कमिटी गठन गरेको जनाएको छ । भेलामा नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , संगठनकि जिल्ला संयोजक प्रकृति सी , नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सी लगाएतको बिशेष आतिथ्य रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.