नेकपा केन्द्रीय समितिको तेस्रो पुर्ण बैठक सम्पन्न , ६ महिने योजना निर्माण , विभिन्न बिभागहरु गठन

डेली न्युजराप्ती       ११ माघ २०७९ २१:०८ मा प्रकाशित     133 No Comments

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक ६ महिने आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको छ । कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा गत मङ्गलबार देखि शुरु भएको बैठक आज सम्पन्न भएको हो ।

बैठकमा समापन मन्तव्य व्यक्त गर्दै महासचिव विप्लवले “नेपालको आर्थिक, सामाजिक संकटले देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काधमा आएको छ, पार्टीले त्यो कार्यभार पुरा गर्न सहि बिचार , योजना र नितिले मात्रै सम्भव हुने भन्दै एकपटक सम्पुर्ण केन्द्रिय समिति र पार्टी साहसपुर्वक लाग्नु पर्ने निर्देशन गरेका छन भने क्रान्तिकारी आन्दोलनको क्रममा आउनसक्ने कुनैपनि सम्भावनालाई चुम्न र पहल लिन समेत जोड दिएका छन ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा प्रस्तुत पार्टी योजनालाई कडाइपुर्वक लागु गरौ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाउ, शिर्षकको दस्तावेज माथि केन्द्रिय सदस्यहरुले धारण राखेपछि एकमतले दस्तावेज पास गर्दै आगामी ६ महिनाका लागि राजनीतिक , बैचारिक , आर्थिक , संगठन , संघर्ष र प्रचारप्रसार सम्बन्धि आवधिक योजना निर्माण सहित बैठक सम्पन्न भएको हो ।

बैठकले केन्द्रिय सदस्यहरुको भौगोलिक कार्य बिभाजन र नवौ महाधिवेशन पछि निर्माण गर्न बाकी रहेका पार्टीका विभिन्न बिभाग र संयन्त्रहरु समेत गठन गरेको जानकारी श्रोतले दिएको छ ।

बैठकमा सहभागी एक केन्द्रिय सदस्यका अनुसार ६ सदस्यीय स्थायी कमिटी सदस्यहरु मध्ये पार्टीको बिदेश बिभाग, अर्थ बिभाग र पार्टी प्रबक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रकाण्ड सी लाई जिम्मा दिएको छ भने सत्ता र जनपरिषदको जिम्मा बिषम सी , प्रकाशन तथा प्रचार बिभाग इन्चार्ज गोकुल सी , स्कुलिङ बिभाग इन्चार्ज भरत सी र जनवर्गीय संगठन तथा मोर्चा इन्चार्ज शिलु सी लाई दिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार