अखिल (क्रान्तिकारी) : गाउँमा भ्रष्ट जनप्रतिनिधि, सहरमा माफियालाई ठेगान लगाउदै

डेली न्युजराप्ती       ११ माघ २०७८ १७:५७ मा प्रकाशित     652 No Comments


हेमन्त प्रकाश वली, दाङ। नेत्र बिक्रम चन्द( विप्लव) निकट अखिल(क्रान्तिकारी) ले काठमाडौं मेडिकल कलेज (केएमसी) माथी कारवाही गरेको छ।
अखिल(क्रान्तिकारी) निकटका नेताहरुले सामाजिक संजाल फेसबुकमा कारवाहीको भिडियो पोस्ट गरेका छन।उक्त भिडियोमा मेडिकल माफिया मुर्दावाद, शुनिल शर्मा मुर्दावाद, दलालहरु होसियार, शुनिल शर्मा देश छोड लगाएतका नाराहरु लगाइएको छ। उक्त भिडियोमा बिद्यार्थीहरुले कलेजको भौतिक संरचनामाथी ढुंगामुढा गरेका छन।
अतिरक्त शुल्कको विरोधमा मंसिर १९ गतेदेखि काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरमा संयुक्त ८ बिद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन।
यसअघि संयुक्त बिद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजका डा. सुनिल शर्मालाई कालोमोसो दलेको थियो।विद्यार्थी संगठनले विद्यार्थीबाट अतिरिक्त शुल्क असुलेको आरोप लगाउँदै काठमाडौं मेडिकल कलेजमा माघ ९ गते तालाबन्दी समेत गरेका थिए।

अखिल (क्रान्तिकारी): गाउँगाउँमा भ्रष्ट जनप्रतिनिधिलाई कालोमोसो,सहरमा मेडिकल माफियालाई तह लगाउदै
विप्लव निकट अखिल(क्रान्तिकारी)ले हिजोआज भ्रष्ट जनप्रतिनिधि देखि मेडिकल माफियासम्मलाई कारवाही गर्न थालेको छ। संगठनले माघ ५ गते जाजरकोटका एउटै वडा अध्यक्षद्वारा करिव ६८ लाख भ्रष्टाचार गरेको भन्दै कालोमोसो र जुत्ताको माला लगाएर जनकारबाही गरेको थियो।
अखिल (क्रान्तिकारी) जिल्ला समिती जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम बहादुर केसिलाई कालोमोसो सहित जुत्ताको माला लगाएर जनकारबाही गरिएको जनाएको थियो।
अखिल(क्रान्तिकारी) जाजरकोट जिल्ला समितिले सामाजिक संजाल फेसबुक मार्फत संगठनद्वारा भ्रष्ट वडा अध्यक्षलाई कारबाही गरिएको जनाउदै कारबाही किन भनेर ९ बुदे कारण समेत उल्लेख गरेका थिए।
जनविकास माबी छेडा नगरपालिका वडा नं.६ को फिल्ड निर्माणबाट ९ लाख रुपैया हिनामिना गरेकाले,अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएकाले,राधेदेखि बिराखोला सडक स्तरउन्नतिबाट ५ लाख रुपैयाँ हिनामिना गरेकाले,राधेदेखी गर्खदेखीसम्म सडक स्तरउन्नतिबाट ४ लाख हिनामिना गरेकाले,कोभिड-१९ नियन्त्रण गर्न उपलब्ध भएको रकम रु.७८००० वडा सचिवको किर्ते हस्ताक्षर गरि चेक साटेर हिनामिना गरेकाले,बाहुन गाउदेखि अफ्गान खानेपानी योजनाबाट २५ लाख हिनामिना गरेकाले,स्वास्थ्य चौकिको सोलार खरिदमा सबै काम सम्पन्न भइसकेको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएकाले,थालिखोला मुहानबाट जेवा खानेपानी योजनाबाट ७ लाख रुपैयाँ हिनामिना गरेकाले,सरकारले बिकास योजनामा दिएका प्राप्त बजेटलाई काम गुणस्तरीय नगरी आफ्नो जीवन मात्र समृद्ध बनाएकाले लगाएतका कारण सहित कारवाहि गरिएको संगठनले जनाएको थियो।

यस्तै अखिल (क्रान्तिकारी) बझाङले माघ ९ गते एक प्रेस विज्ञप्ति जारी गरि बझाङ जिल्ला चिरबिथडी गाउँपालिका वडा नं.८का वडा अध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अबस्थीलाई कालोमोसो सहित जुत्ताको माला लगाइ जनकार्बाही गरेको जनाएको थियो।
१ कराेड ५०लाखकाे खानेपानी याेजना धारा निर्माण पानी सञ्चालन नगर्दै काम गर्ने मजदुरलाई ज्वाला नदिई कमिशन खाएर बजेट पास गरेकोले, सडक बनाउदा कमिसन दिने मान्छेलाई मात्र उपभोक्ता समितिको अध्यक्ष बनाएको रोड बनाउदा अनआवश्यक दुइ ठाँउबाट कटिङ गरी १० लाख हिनामिना गरेको र वडामा व्यवस्थापनको नाममा वर्षेनी ३ लाख ५० हजार हिनामिना गरेकाले,मृत्यु भएका नागरिकको मृत्यु दर्ता नगरि चार बर्षकाे लाखौं पैसा कागज मिलाएर वडा सचिव र वडा अध्यक्षले हिनामिना गरेकाले,वडा कार्यलयकाे सवारीसाधनमा नम्बर पेलेट चेन्ज गरि ब्यपारीकाे जाडरक्सि ढुवानी गर्ने गरेकोले,सेवाग्राहीले सुचनाहक अन्तर्गत रहेर सुचना माग्दा सुचना नदिने , गुनासो गर्दा सेवाग्राहीलाई धम्कीदिने गरेकोले,हाम्रो पार्टीकाे न्यायपुर्ण आन्दोलनलाई जथाभावी भण्डाफाेर गर्दै आफ्नाे पदिय मर्यादा ख्याल नगरि पार्टी बिरूद्व सुराकी गरेकोले,पर्यटकीय स्थलका नाममा आफ्ना पितरका मन्दिर मात्र बनाइ अनियमितता गर्न खोजेकाले कारवाही गरिएको संगठनले जनाएको हो।
यता संगठनले मंगलबार काठमाडौ मेडिकल कलेजमाथि ढुंगामुढा गरि कारवाही गरेको छ। मेडिकल माफियाका अतिरिक्त शुल्क असुलेको विरुद्ध निरन्तर चरणबद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरिएको संगठनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार