आज तुलसीपुरमा समाजवादी मोर्चा नेपालको घोषणा सभा हुँदै

डेली न्युजराप्ती       २९ फाल्गुन २०८० ०९:४९ मा प्रकाशित     216 No Comments

हेमन्त प्रकाश वली ।

फागुन २९ , घोराही । आज मंगलबार तुलसीपुरमा समाजवादी मोर्चा नेपालको घोषणा सभा हुने भएको छ।

संसदबाहिर रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितको ४ दल सम्मीलित समाजवादी मोर्चा नेपाल तुलसीपुर नगर स्तरीय कमिटी घोषणा हुने भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी तुलसीपुरका इन्चार्ज भुवन सीले समाजवादी मोर्चा नेपाल तुलसीपुरको घोषणा सभालाई ४ दलका शिर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए ।

तुलसीपुरको भुह्यारथानमा हुन लागेको मोर्चाको घोषणा सभामा सहभागीताका लागि आयोजक दलहरुले सबैलाई निमन्त्रणा समेत गरेका  छन् ।

केही समयअघि नेकपा ( माओवादी केन्द्र) , जनता समाजवादी पार्टी , नेकपा ( एकीकृत समाजवादी ) र नेपाल कम्युनिस्ट पार्टीबिच समाजवादी मोर्चा बनेको हो ।

सुरुमा मोर्चाको नेतृत्व नेकपा (एस) का अध्यक्ष माधव नेपालले गरेका थिए भने अहिले मोर्चाको नेतृत्व हाल नेकपाका महासचिव विप्लव सीले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार