देजमो,नेपाल दाङद्वारा दिबंगत निमादेवी बन्जाडेप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       ५ भाद्र २०७९ १४:०७ मा प्रकाशित     470 No Comments


भदौ ५,घोराही। देशभक्त जनगणतान्त्रीक मोर्चा,नेपाल जिल्ला समिती दाङले मृतक निमादेवी बन्जाडेको दुखद निधनप्रती शोक वक्तव्य जारी गरेको छ।
मोर्चाका जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरेद्वारा हस्ताक्षरित वक्तव्यमा नेकपा(क्रान्तिकारी माओवादी)लुम्बिनी प्रदेश सदस्य,दाङ जिल्ला निवर्तमान जिल्ला सेक्रेटरी तथा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल दाङका पुर्व अध्यक्ष नरेन्द्र बहादुर बन्जाडेको ममतामयी आमा निमादेवी बन्जाडेको ८९ वर्षको उमेरमा उपचारको क्रममा दाङको घोराहीमा २०७९/०५/०४ गतेका दिन दिउँसो २:४० बजे दुखद निधन भएकाले मोर्चा स्तब्ध भएको उल्लेख गरिएको छ।

साथै शोक वक्तव्यमा मृतक आमाप्रती भावपुर्ण श्रद्धाञ्जली   व्यक्त गर्दै शोकाकुल परिवारजनप्रती गहिरो समबेदना व्यक्त गरिएको छ।

शोक वक्तव्यको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार