काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी गण्डक ब्युरो इन्चार्ज चुडामणी वली (आदर्श )सीलाई मातृशोक परेको छ । नेकपाका नेता ओलीकी आमा टंकि कुमारी वलीको निधन भएपछी उनलाई मातृशोक परेको हो ।
पारिवारिक श्रोतका अनुसार उनको आज बिहान साडे ८ बजे ८५ वर्षको उमेरमा निधन भएको हो । ओलीकी आमा टंकी कुमारी वलीको भोलि आइतबार पशुपति आर्यघाटमा ठिक १२ बजे अन्त्येष्टि हुने कार्यक्रम रहेको उनका परिवारले जनाएका छन् ।
छोरा आदर्शको परिवारसंगै गोदावरी नगरपालिका चापागाउ ललितपुरमा बस्दै आउनु भएकी आमा बिगत २० बर्ष देखि नै बिरामी हुनुहुन्थ्यो । उहाँलाई प्रेसर, सुगर संगै आन्द्राको क्यान्सर समेत भएको थियो ।
उहाँको कान्छो छोरा खकेन्द्र वली कपुरकोट भिडन्तमा सहिद भएका थिए । उनका माहिला छोरा लाल बहादुर वली ‘विश्व’ हाल नेकपाको केन्द्रिय प्रतिनिधि सदस्य छन् ।
जेठा सुपुत्र रहेका आदर्श हाल नेकपा पोलिटिक ब्युरो सदस्य तथा पूर्वी गन्डक ब्युरो इन्चार्ज रहेका छन् ।
जनयुद्धकालमा आमाका ४ भाइ छोराहरु युद्दमा होमिएका थिए । सबै ५ भाइ छोरा मध्य एक सहिद भएका थिए भने ३ बहिनी छोरीहरु रहेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.