काठमाडौं । टी–२० विश्वकप क्रिकेट छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी–२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल र सागर ढकाल, भने टिममा अटाएका छैनन् । एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौँको कीर्तिपुर र मुलपानीमा हुनेछ । टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ । नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.