काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस भव्य उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई यस्तो निर्देशन जारी गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ६ देखि ८ गतेसम्म केन्द्रदेखि स्थानीय स्तर र घरघरसम्म विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । कार्यालयले बिहीबार साँझ दिएको जानकारीअनुसार मङ्सिर ६ गते देशभर मोटरसाइकल ¥याली गरिनेछ भने ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप ः कविता, लोकगीत, वक्तृत्वकलालगायत कार्यक्रमहरू आयोजना गरिनेछ ।
त्यसैगरी मङ्सिर ८ गते बिहान चोकचोकमा पार्टीका झन्डा र पार्टी पुनर्गठन दिवसका ब्यानर टाँगिनेछ । त्यस दिन अबिर जात्रा, चियापान, र युवा मार्च गरिनेछ ।
मङ्सिर ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्नुका साथै उपहार आदानप्रदान गरी पार्टी पुनर्गठन दिवस मनाइनेछ ।
पार्टी पुनर्गठन दिवसको तीनदिने कार्यक्रम
१) मङ्सिर ६ गते देशभर मोटरसाइकल ¥याली
२) मङ्सिर ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप (कविता, लोकगीत, वक्तृत्वकला इत्यादि) कार्यक्रमहरू गर्ने
३) मङ्सिर ८ गते बिहान झन्डा, ब्यानर टाँग्ने, अबिर जात्रा गर्ने, चियापान र युवा मार्च गर्ने ।
– ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्ने र उपहार आदानप्रदान गर्ने ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.