देश दुर्घटनामा छ…..

डेली न्युजराप्ती       ९ जेष्ठ २०८० १२:४४ मा प्रकाशित     230 No Comments

विक्रान्त सी ।
झिम्काउनु हुदैन आँखा
जहाजको यात्रा मसानघाटमा पुग्छ
नसुतेर चालकले गाडी चलाउँछ
खुसी लाग्छ गन्तव्यमा पुगिन्छ
सुतेर नेताले देश चलाउछ
चिन्ता लाग्छ देश दुर्घटनामा छ
मोटरसाइकल चलउदा
लाइसेन्स चाहिन्छ
देश चलाउदा केही चाहिदैन
यहाँ सबै लथालिङ्ग छ
हावाले मनुष्यलाई उढाएर
देश भताभिङ्ग छ ।

मनुष्यले हावा चलाउने कि ?
हावाले मनुष्य चलाउने
यहाँ बहस चलिरहेको छ
उ आँखामा पट्टी बाधेर हेर्नुहोस् त
पानीमा आगो बलिरहेको छ ।
आकाशे राज्यको
संसद भवन अगाडि
एउटा मनुष्य जलिरहेको छ ।।

बतासेहरु भन्छन्
पुरानो घरमा नयाँ रंग लगाउ
घर नयाँ हुन्छ ?
क्रान्तिवीर भन्छ
पुरानो घरलाई ढलाएर
अर्को घर लगाउ
घर नयाँ हुन्छ ।

अहिले खेल चलिरहेको छ
हावालाई चलाउने र हावामा चल्नेको
नयाँ रंग लगाउने र नयाँ घर लगाउनेको
सपना छिट्टै पूरा होस्
क्रान्तिवीरको नयाँ घरमा बसाल्ने

(लेखक विक्रान्त सी अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार

नारी दिवसको सुभकामना

२४ फाल्गुन २०७९ ०७:४९

किनकी म समाजवादी हुँ!

२२ पुष २०७९ १९:३६

‘ओ हितसङ्गी तिमी कहाँ छौ’

२३ असार २०८० ०७:१७