एक जाती एक वर्ग,एउटै संसार भएको दिन!(विप्लव)

डेली न्युजराप्ती       १३ चैत्र २०७८ ०८:०६ मा प्रकाशित     1098 No Comments


नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले रचना गरेको एउटा गितको पर्खाइमा यतिबेला सिंगो नेपाली समाज रहेको छ। उक्त गितको बोल यस्तो छ,” एक जाती एक वर्ग एउटै संसार भएको दिन….! आधिकारिक रुपले रेकर्डिङ नभएको यो गित केही समयअघि तृताल रेकर्डिङ स्टुडियोबाट जनबादी कलाकार द्वय आरोह नेपाली र लक्ष्मण पाख्रीन तामाङले सामाजिक संजाल फेसबुक मार्फत लाइभ रुपमा दर्शकमाझ प्रस्तुत गरेका थिए।
केही समयअघि विप्लवद्वारा रचित नेपाली समाजका विभिन्न समस्याहरुलाई जोड्दै बिशेषगरि बेरोजगारी समस्यासंग सम्बन्धीत गित” कसले बनायो दाजै उडि जाने बस” पनि जनताले अत्याधिक मन पराएका थिए।
पछिल्लो एक जाती एक वर्ग बोलको रचनामा विप्लवले आफुले बनाउन खोजेको संसारको चित्रण गरेको पाइन्छ।
नेकपाका महासचिव विप्लवको शब्द,आरोह नेपालीको संगित र आरोह नेपाली र लक्ष्मण पाख्रीन तामाङको स्वरमा यो गित छिट्टै आउने बताइएको छ।
अत्यन्त भावुक, उर्जाशिल भाव र शब्दको मिश्रण भएको यो रचनालाई हामिले यहाँ प्रस्तुत गरेका छौँ।

एक जाती एक वर्ग,एउटै संसार भएको दिन!
संसार कति सुन्दर होला,मान्छे कति खुसी होलान!(२)

एक जाती एक वर्ग,एउटै संसार भएको दिन….!

कोहि धनी कोहि गरिब,बनावटी विभेद हुन!
एउटा उच अर्को निच,देखावटी सिमाना हुन!(२)

एता मेरो त्यता तिम्रो
केही दिनको तिर्सना हुन!(२)

एउटा भन्दा अर्को अब्बल
मनभित्रका तरंग हुन!(२)
मनभित्रका तरंग हुन…….

एक जाती एक वर्ग,एउटै संसार भएको दिन!
संसार कति सुन्दर होला,मान्छे कति खुसी होलान!

मान्छेबाट कोरिएका नमेटिने का हुन्छ र?
मान्छेबाट लादिएका नतोडिने का हुन्छ र?(२)

आखिर मान्छे मान्छे नै हो,ठूलो सानो को हुन्छ र?(२)

मुक्त समान संसार बन्दा खुसी नहुने को हुन्छ र?
खुसी नहुने को हुन्छ र?(२)

एक जाती एक वर्ग,एउटै संसार भएको दिन!
संसार कति सुन्दर होला,मान्छे कति खुसी होलान!!

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार