यो बालेनको सहर हो!

डेली न्युजराप्ती       २२ मंसिर २०७९ २०:१२ मा प्रकाशित     982 No Comments

ठेलेहरु हो,
झोले,पोकेहरु हो!
तिमीले यसरी ठेला,झोला,पोका बोकेर गुजरा गर्न पाउदैनौ।
तिम्रो ठेला,झोला,पोकाले मेरो सहर फोहोर देखियो।
अब यो सहर मा सयौं भाटभटेनीहरु खुल्दैछन।
त्यसैले तिम्रो खाँचो छैन,
यो बालेन को सहर हो।

सडक को पेटीमा मकै बेच्नेहरु हो,
चटपटे,पानीपुरी बेच्नेहरु हो!
तिमीले यसरी मकै,चटपटे,पानीपुरी बेच्न पाउदैनौँ।
तिम्रो मकै,चटपटे, पानीपुरी ले मेरो सहर दुर्गन्धित भैसक्यो।
अब यो सहरमा धेरै पाँचतारे होटेल,क्याफेहरु बन्दैछन।
त्यसैले तिम्रो आबश्यकता छैन,
यो बालेन को सहर हो।

झुपडीका पाखेहरु हो,
सहरको खोल्सा,खाल्सी मा बाँच्नेहरू हो!
तिमीहरु यसरि छाप्रो बनाएर आफ्नो सिर छोप्न पाउदैनौ।
तिम्रो झुप्रो, छाप्राहरुले मेरो सहर कुरुप देखियो।
अब मेरो सहर मा ब्रुजखलिफाहरु बन्दैछन।
त्यसैले तिम्रो झुप्रा को आबश्यकता छैन,
यो बालेन को सहर हो।

मजदुरहरु हो,
गरिब फोहोरीहरु हो!
तिमीहरु झुत्रा लगायर मेरो सहरमा घुम्न पाउदैनौ।
तिम्रो झुत्रा लुगाले मेरो सहर थोत्रो देखियो।
अब यो सहर मा मर्सिडिजमा भिआइपीहरु  सवार गर्दैछन।
त्यसैले मेरो सहरको नजिक नआउ,
यो बालेन को सहर हो।

बालेनको सहर मा सपिङ गर्न,
तिमीलाई खाडिको तिन बर्ष को कमाई चाहिन्छ।
मेरो सहर मा सेल्फी खिच्न,डलरले किनेको आइफोन चाहिन्छ।
ठेले,झोले,पोकेहरु हो!
मकै,पानीपुरी,चटपटे बेच्नेहरु हो!!
गरिव झुपडीका पाखेहरु हो!!!
मेरो सहरको मुल्य तिमिले तिर्न सक्दैनौ।
तिमी नजिक आउदा मेरो सहर कुरुप, दुर्गन्धित, फोहोर हुन्छ।
त्यसैले मेरो शहर भन्दा कोसौं टाढा बस।
यो सहर ,
राणाहरु,राजाहरूबाट बिर्ता पाउने सन्तानहरुको हो।
भ्रस्टचारी, दलाली,तस्कर गरेर महल उठाउनेहरु को हो।।
किनकि यो बालेन को सहर हो।
२०७९\८\२२
( लेखक : कवि नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी (सचिव) हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार