म बिदेशीएको मान्छे

डेली न्युजराप्ती       २ बैशाख २०८१ ०७:४१ मा प्रकाशित     107 No Comments

✍जनक सी 

पासपोर्ट बनाउदा 

कर्मचारी बाट ठगिए

भिसालगाँउदा

दलाल र मेनपावर बाट ठगिए

बिदेश पुगे 

बिदेशी मालीक बाट हेपिए

मैले बिदेसिने सपना देखे 

म बिदेसिन बाध्य थिए 

अनी म बाध्य भय ठगिन 

खै! कस्लाई सुनाउ 

मेरो दुखको पिडा

मेरो दुखको कथा 

म बिदेशिएको मान्छे। 

बिदेसी भुमिमा बिताएका दिनहरु 

जन्मभुमी र आफन्तका संझनाका क्षणहरु 

सानी नानी फोनमा भन्छिन् 

बाबा! घरमा कहिले आईपुग्नु हुन्छ

प्रियसी भन्छिन

प्रदेस जाँदा लागेको रिण कहिले चुक्ता हुन्छ 

आमा भन्छिन,

म बिमारछु मेरो सास भेटाऊदैनौ 

बाबा भन्नुहुन्छ हाम्रो आसमान्दैनौ

म बाध्य छु

म विवश छु

घरको अबस्था उस्तै छ 

मेरो ब्यथा उस्तै छ

म बिदेसिएको मान्छे । 

नत सान्तहुन्छ मन

बिदेसी रङ्गीचङ्गी ले

न मेटिन्छ पिरको बेथा

डिनर,रिङ्गेट,रियलहरुले

बिदेश भाको साथी भन्छ

महिनौदेखि घरमा श्रीमती छैनीन रे 

सङ्गै बस्ने काका भन्नुहुन्छ 

पुरानो घर भत्किसक्यो 

नयाँ बनाउन पैसा पुगेन रे

खाडीबाट चेली भन्छिन,

बिदेशी बाट अस्मिता लुटियो रे

सबैको कथा उस्तै छ

मेरो ब्यथा उस्तै छ 

म बिदेसिएको मान्छे । 

म देशको हालत बुझ्न खोज्दछु

म गाउँ को खबर सोध्न खोज्दछु 

कलेज जाने भाई भन्छ

उसका सबैसाथिहरु उडिसके रे

बहिनी भन्छिन 

मलामी जान गाउँमा अचेल मान्छे भेटिदैन रे

दिदि भन्थिन

पल्ना गाउँमा बिदेशबाट लास आयो रे

गाऊँ मा युवा रित्ती सके

देसको ढुकुटी सक्कि सक्यो

देशको अबस्था उस्तै छ 

मेरो बेथा उस्तै छ 

म बिदेसिएको मान्छे । 

बिदेशबाट फर्केको साथिले आफ्नो कथा सुनायो

सबैतिर ठगियछ भयको पनी गुमायो 

सानो खडेरी किन्दा जग्गा दलेले ठगेछ 

त्यहि टुक्रा पनि बैंक ले लुटेछ

नेपाल फर्किदा भन्सार मा लुटियछ

जताततै ठगिनै ठगी छ

दलाल हरु कै बिगबिगी छ

साथिहरुको कथा उस्तै छ

मेरो बेथा उस्तै छ

म बिदेसियको मान्छे। 

म सोँच्दै छु

म खोज्दै छु

मैले नेपाली शब्दकोष पल्टाय

नेपाली हुनु

बिदेशीनु

ठगिनु

के यि पर्यावाची हुन ?

आफ्नै भुमिमा ठगिनु

बिदेसमा ठगिनु

जहाँ पनी ठगिनु 

के यो हाम्रो बाध्यता हो ?

अब सोच्ने बेला भयको छ

अब खोज्ने बेला भयको छ 

हाम्रो ठगिनु को कारण

गरिबी,बेरोजगारी, असमानता, लाई खोजौं,

सरकार,सत्ता,सासक, दलालहरू लाई सोधौं, 

सबैले एक सोरले सोधौं

नेपालीहरु बिदेशिने यात्रा कहिले रोकिन्छ ? 

नेपालीहरु ठगिन बाट कहिले जोगिन्छन ?

युवाहरु हो 

सबैले एक भयर सोचौँ

मुठ्ठी कसेर उठ्औं 

अब मुक्ति रोजौं

म भोली आफ्नो देश फर्किदै छु 

म विदेशीयको मान्छे। 

१ वैशाख २०८१ ।

( कवि जनक सी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम पुर्वी दाङका सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार