नेकपाका नेता भरत सीको शसक्त कविता  ‘हेलो राम कान्छा’

डेली न्युजराप्ती       ६ श्रावण २०८० २१:४२ मा प्रकाशित     200 No Comments

भरत सी (रणवीर) ।

हेलो ! रामकान्छा,
के छ हालखबर ?
प्रायः भविष्यप्रती बेखबर
इतिहासको मात्रै गरेर साक्षात्कार
वर्तमानमा गुनासो नगर बेकार ।
यदि,
अन्न फलाउनु र कुचो बनाउनु
मार्क्सवाद र समाजवाद विरुद्ध हुने भए ।
लेनिनले `कोमप्रोद´ को रिपोर्ट अनुसार
तीन करोड `पुद´ अन्न फलेको भनेर
किन दस्तावेजमा लेख्नु पर्थ्यो र ?
माओले `सेनसी- कानसु- निड्स्या क्षेत्रमा´
`कृषि, उद्योग र ब्यापारमा झन सफल हुन´
`श्रमवीरलाई´ `२६०००० तान´ अन्न व्यवस्था गर्न
किन अनुरोध गर्नु पर्थ्यो र ?
मार्क्सले `पुजी´ लेख्नलाई
सबभन्दा धेरै समय किन दिनुपर्थ्यो र ?
साच्चै भनौ रामकान्छा,
यदि,
काम नगरी गफ गरेर
शत्रु भन्दा मित्रलाई धारे हात लाएर
क्रान्ति हुने र समाजवाद आउने भए ।
नेपालमा उहिल्यै भैसक्थ्यो क्रान्ति
आइसकेको हुन्थ्यो समाजवाद ।
तर,
क्रान्तिका लागि जनताको मन जित्नुपर्छ ।
समाजवादको लागी उत्पादनको प्रचुरता हुनुपर्छ ।
अहिले जनता कुरा मात्रै सुन्दैन काम हेर्छ ।
जसले आफू र पार्टीलाई आत्मनिर्भरतामा फेर्छ ।
उसैले मात्र समाजवाद सम्भव र सफल पार्छ ।
हेलो ! रामकान्छा,
के छ हालखबर ?
नपर समयका भर
दिमाग सकृय हुँदै, पाखुरामा बल छदै
देश,जनता र वर्ग मित्रका लागी
केही परिणाममुखी काम गर ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार