हो कमरेड!यसरी समाजवाद आउदैन!

डेली न्युजराप्ती       ८ श्रावण २०८० १२:०६ मा प्रकाशित     614 No Comments

खेमराज सी ।

हो कमरेड,
अम्रिसो बेचेर समाजवाद आउदैन
किनकी तिमीजस्ता पौरखहीन छोरा जन्मिए पछि
गैरी खेत अनि बारी-पाखा सबै बाझो हुनु पर्छ
अनि हाम्री आमा
एक छाक खान र एकसरो लाउन
धनाढ्यका आँगनमा भिख माग्न जानै पर्छ

हो कमरेड ,
कुखुरा, गाईभैंसी र बङ्गुर पालेर समाजवाद आउदैन
किनकि
तिमी जस्ता युवा अर्कैले पालेको कुखुरा र बङ्गुर लुटेर मासु खान पल्के पछि
अनि अर्कैले पालेको गाईभैंसीको दुध चोरेर पिउन पल्के पछि
बा- आमा साहू-महाजनको गोठालो नबसी कहाँ पेट पाल्न सक्छन त ?

हो कमरेड ,
धान रोपेर समाजवाद आउदैन
किनकि तिमी जस्तो युवा हिलो र धुलो देखि तर्सिए पछि
आफ्नो पेट पाल्न विदेशतिर धसिने भएपछि
समाजवाद कहाँ आउछ त
त्यसैले हाम्रा सन्तानहरु जमिनदारका बन्दकी नबसी कहाँ हुर्कन सक्छन र ?

हो कमरेड,
श्रम गरेर समाजवाद आउदैन
किनकि तिमि जस्ता युवाले श्रम गर्नु हुँदैन
लुटपाट र चन्दा उठाएर जीवन चलाउनु पर्छ
पसिना चुहाएर होइन अरुको रगत चुसेर बाच्नु पर्छ
सुटबुटमा सजिएर भाषण ठोक्दै हिड्नु पर्छ

हो कमरेड,
मिनी मार्ट बनाएर समाजवाद आउदैन
बरु अरुले बनाएको पनि भत्काउनु पर्छ
बमले उडाउछु भन्दै चन्दा असुलेर बन्द गराउनु पर्छ
आफ्नो बैंक ब्यालेन्स बढाएर क्रान्तिकारीको ढोंग रच्नु पर्छ

हो कमरेड,
संशोधनवादीहरूसँग मोर्चा बनाएर समाजवाद आउदैन
उनीहरुलाई बदल्ने रुपान्तरण गर्ने र समाज बदल्ने होइन
तिमीजस्ता जडसुत्रवादीतामा रमाउनु पर्छ
मार्क्सबादका सिद्धान्त घोक्दै ब्याबहारमा सामन्ती सोच राख्नु पर्छ
अनि पो समाजवाद आउछ
जहाँ तिमी जस्ता भ्रष्ट , राष्ट्र र जनघातीको राज चल्छ
सोझा -साझा निमुखा जनता भोक – भोकै मर्नु पर्छ

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार

म विप्लव त्यसै बनिन् !

६ माघ २०७९ २१:३२

नारी दिवसको सुभकामना

२४ फाल्गुन २०७९ ०७:४९

पक्राउ पुर्जी!

१८ श्रावण २०७९ ०९:२४

देश दुर्घटनामा छ…..

९ जेष्ठ २०८० १२:४४