कायर,डरछेरुवा,भगौडा र आत्मसमर्पणकारीहरुले हामिलाइ संसदवादी भन्ने गर्छन:विप्लव

डेली न्युजराप्ती       २२ असार २०७९ १९:०० मा प्रकाशित     394 No Comments


असार २२। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले कायर,डरछेरुवा,भगौडा र आत्मसमर्पणकारीहरुले आफुहरुलाइ संसदवादी भन्ने गरेका बताएका छन।
बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन नेपाल काठमाडौं जिल्लाको भेला तथा पार्टी ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन।

महासचिव विप्लवले भने– ‘हामिलाइ संसदवादी भन्ने गर्छनकायरहरु,डरछेरुवाहरु,भगौडाहरु,आत्मसमर्पणकारीहरु,दिमाग बिग्रेका,खल्बलिएका बिक्षिप्त भएकाहरुले।पार्टीबाट अत्तालिएका,पार्टीको नीति,बिधीमा बस्न नसकेर अनुशासन बिहिन अराजकहरु गुटबादीहरु भाग्छन अनि भाग्दाखेरी चिच्याउदै कराउदै भाग्छन।’

महासचिव विप्लवले नेपालमा दलाल पुँजीवादको साँढे जनताको ढाड ढाडमा टेकेर कुदिरहेको बताए।
‘उनले त्यो साँढे नेपाली जनताले चिनेको पनि बताएका छन् । ‘यो साँढेलाई तपाई हामीले चिनेका पनि हौ, देखेका पनि हौ र खबरदारी गरेका पनि हौ । यो आइराखेको अराजक साढे छ यसले नेपाली जनतालाई लुट्नेछ’, विप्लवको भनाई छ । उनले दलाल पुँजीवादको साँढेले नेपाली जनतालाई निल्ने र नेपाललाई बेच्नेछ भनेर आफुहरुले पहिल्यै भन्दै आएकोमा अहिले आएर पुष्टि भएको बताए ।

उनले दलाल पुँजीवादको साँढेलाई नत्थी लाएर रत्नपार्कमा पल्टाउने काम अबको पुस्ताको जिम्मेवारी रहेको भन्दै अहिले चलिरहेको लडाईमा नहिच्किचाईं मेहनत गर्नुपर्ने बताए ।

उनले समाजवादीहरुले देश बेचेर खान लाग्दा पनि कसैलाई चिन्ता नरहेको भन्दै वीआइसीसीको हलबाट नेपाल बेच्ने कागजमा सही गरेको समेत बताए ।
विप्लवले देश बेचुवाका विरुद्ध जनताले अनुमति दिए जुनसुकै लडाईं लड्न तयार रहेको बताए ।

‘देश बेच्न पाइँदैन, नेपाली जनतालाई थिच्न पाइँदैन । हामी कसैका गुलाम बन्न जन्मेका होइनौ, यो कुरा हामीले चोक चोकमा भन्नुपर्छ’ विप्लवको भनाइ छ । उनले कतिपयले आफुहरुलाई संसदवादी भन्ने गरेको भन्दै त्यसो भन्नेहरु कायर, डर छेरुवा रहेको बताए ।

महासचिव विप्लवले एमसिसी मार्फत अमेरिकी सेना नेपाल आए चारपाटा मोडेर थानकोट कटाए हुन्छ भनेर संसदमा बोलेका गगन थापालाइ समेत मुग्लिन कटाउनुपर्ने टिप्पणी गरेका थिए।
‘गगन थापालाई हाम्रो लाज ढाक्दिएर आउँछ भन्ने परेको थियो,’ महासचिव विप्लवले भने, ‘कांग्रेसका मान्छेले बुझ्नुपर्छ मालिक निर्मम हुन्छ । मालिकसँग त लड्नेहरु मात्रै टिक्छन् ।’

विप्लवले आफ्नो पार्टी छाडेर जानेहरुलाई क्रान्तिबाट भयभित भएको र सत्ताको प्रलोभनमा परेको आरोप लगाए । ‘क्रान्तिबाट भयभित मान्छेहरु हिजो पनि थिए र आज पनि छन्,’ विप्लवले भने, ‘आज पनि एकीकृत जनक्रान्तिबाट भयभितहरु धेरै छन् । जो मान्छेहरु एकीकृत जनक्रान्तिबाट भागिरहेका छन्, उनीहरुले आजको सत्तामा र्‍याल काडेर प्रभावित भएका छन । त्यसको कुनै मुल्य छैन।’

पार्टी ध्रुवीकरण तथा युवा संगठन नेपाल काठमाडौं जिल्ला भेलालाइ सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीका नेता-कार्यकर्ताहरु अब चार महिना ऐतिहासिक नवौं महाधिवेशन केन्द्रीत भएर जनताको घरघर गएर जनतासँग सहयोग र सुझाव माग्न निर्देशन दिए।

‘अव हाम्रो संगठनको पुरै ध्यान महाधिवेशनमा केन्द्रीत हुँदैछ । हामी देशभरी तलतल सम्म जाने हो । टोलटोलमा पुग्ने हो । जनतालाई अपिल गर्ने हो, नमस्कार गर्ने हो, सलाम गर्ने हो, घरघरमा जाने हो र सुझाव दिनुस् भन्ने हो’, विप्लवले भने, ‘देशको पक्षमा लड्ने कुरामा सुझाव माग्ने कुरा हो । हामीले ठुलो चन्दा माग्नुहुँदैन तर जनतालाई हाम्रो आन्दोलनमा सहभागी गराउनुपर्छ ।’ उनले एकीकृत जनक्रान्तिको पक्षमा लड्न कोठा-कोठामा जानुपर्ने र सात दिनसम्म चल्ने उक्त महाधिवेशनमार्फत नीति बनाएर नयाँ हतियारका साथ अघि बढ्नुपर्ने बताए ।

‘चार महिनापछि हामी खुल्ला मञ्चमा जानुपर्छ । ऐतिहासिक नवौं ऐतिहासिक महाधिवेशन उद्घाटन गर्नुपर्छ, सात दिनसम्म चलाउनुपर्छ नयाँ नीति बनाउनुपर्छ, विचार बनाउनुपर्छ र नवौं महाधिवेशनबाट नयाँ हतियारहरु बोकेर दलाल पूँजिवादीहरुलाई फाँड्दै हिँड्नेगरी लाग्नुपर्छ’, विप्लवको भनाइ छ । उनले एमसीसी र एसपीपीमा कतैपनि सम्झौता गर्न नसकिने र कुनैपनी हालतमा नेपालमा एमसिसी लागु हुन नदिने उद्घोष समेत गरेका थिए।
कार्यक्रममा नेकपा(बहुमत) महाधिवेशन आयोजक कमिटी सदस्य लगाएत विभिन्न पार्टी परित्याग गरि सयौं युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार