नेकपाद्वारा भोलि राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलनको आयोजना , महासचिव विप्लवले बिशेष सम्बोधन गर्ने

डेली न्युजराप्ती       २४ माघ २०७९ ११:४९ मा प्रकाशित     203 No Comments

माघ २४ , दाङ । नेपाल कम्युनिस्ट पार्टीले भोलि बुधबार राष्ट्रिय नाचघर , जमल काठमाण्डौँमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
नेकपाद्वारा आयोजित पत्रकार सम्मेलनलाइ पार्टीका महासचिव विप्लव सीले बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जानकारी दिएको छ ।

भोलि बुधबार राष्ट्रिय नाचघरमा दिउसो १ बजेदेखि सुरु हुन लागेको पत्रकार सम्मेलनमा उपस्थितिका लागि पार्टीका प्रवक्ता प्रकाण्ड सीले अपिल गरेका छन् ।

लामो समयदेखी नेकपाका महासचिव विप्लव प्राय बिरलै काठमाडौंमा बस्ने गर्छन् । उनी कपिलवस्तुको शिवगढी स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्दै आएका थिए । तर विप्लव केहिदिन अघि मात्रै काठमाडौं पुगेका हुन् । काठमाडौंमा महासचिव विप्लवले प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड , नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली लगाएतका नेताहरुसंग भेटवार्ता गरेका छन् । तीन बुदे सहमती कार्यान्वयनका लागि बन्दी रिहाई र झुठा मुद्दा  खारेजीका लागि भेटवार्ता भएको नेकपा निकट स्रोतले बताएको छ ।

यता आजै नेकपाका महासचिव विप्लवले पार्टी निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) केन्द्रीय समितीद्वारा त्रिभुवन बिश्वबिद्धालयमा आयोजित स्ववियु बिशेष प्रशिक्षण कार्यक्रमलाई समेत सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार