Site icon dailynewsrapti.com

पहिराेका कारण नारायणघाट-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

दाङ। पहिरोको कारण नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ। लगातारको वर्षाले लेदोसहितको पहिरो खसेर आज बिहान साढे आठ बजेदेखि दुईतर्फी अवरोध भएको छ।भरतपुर महानगरपालिका-२९ स्थित सत्रकिलोमा अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेर अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले बताए। सडक विभागसँग समन्य गरी बाटो खुलाउने पहल भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version