पहिराेका कारण नारायणघाट-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

डेली न्युजराप्ती       २० आश्विन २०७९ ०९:५२ मा प्रकाशित     324 No Comments

दाङ। पहिरोको कारण नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ। लगातारको वर्षाले लेदोसहितको पहिरो खसेर आज बिहान साढे आठ बजेदेखि दुईतर्फी अवरोध भएको छ।भरतपुर महानगरपालिका-२९ स्थित सत्रकिलोमा अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेर अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले बताए। सडक विभागसँग समन्य गरी बाटो खुलाउने पहल भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार