युक्रेनमा भीषण आँधीमा परि १२ जनाको मृत्यु

डेली न्युजराप्ती       १४ मंसिर २०८० १४:१७ मा प्रकाशित     107 No Comments

काठमाडौँ । युक्रेनको दक्षिण भागमा भीषण आँधीका कारण १२ जनाको मृत्यु भएको छ। रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबारको आँधीबेहरी र हिमपातले १२ जनाको मृत्यु भएको हो। मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो। युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले आँधीका कारण १२ जनाको मृत्यु भएको र २३ जना घाइते भएको पुष्टि गरे।अधिकारीहरूका अनुसार आँधीले सयौँ गाउँ विद्युतविहीन भएका छन्।युक्रेनको ऊर्जा मन्त्रालयले मौसम र युद्धका कारण ८१२ बस्ती ऊर्जाविहीन भएको जनाएको छ। १५ वटा नगरपालिकामा आपतकाल घोषणा गरिएको छ । आँधीका कारण दक्षिणी रुस, क्रिमिया र कब्जा गरिएको युक्रेनका करिब २० लाख मानिस विद्युतबिहीन भएको मस्कोले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार