मंसिर २५,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले मृत्यु संस्कारलाई प्रगतिशील बनाउँदै जानुपर्ने बताएका छन् ।
मंगलबार तुलसीपुर-२ निवासी पुराना पाका कार्यकर्ता पुनाराम चौधरीको शोक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
नेता सविनले भने– ‘अन्य जातीहरु भन्दा चौधरी समुदाय वा जनजातीहरुको मृत्यु संस्कार प्रगतिशील छ जुन राम्रो पक्ष हो तर यसलाई अझ समयानुकूल परिवर्तन गर्दै प्रगतिशीलतातिर लिएर जानुपर्दछ । मृत्यु संस्कारलाई सरल , सहज , कम खर्चिलो बनाउँदै वैज्ञानिक बनाउँदै लिनुपर्दछ । मान्छे मृत्युपछि पुनर्जीवन वा स्वर्ग, नर्गको वहस बेकार कुरा हो । त्यसकारण नेपाली समाजलाई पाखण्डी हुन दिनुहुदैन ।’
नेता सविनले नेकपाले मृत्यु संस्कारलाई नयाँ ढंगले मनाउदै आएको समेत बताए ।
उनका अनुसार ५ दिनसम्म मनाइने जसअनुसार पहिलो दिन मृतक शरीरको अन्त्येष्टि गरिने , दोस्रो दिन त्रीरोपण(फल ,फुल र जडिबुटी) रोपिने , तेस्रो दिन समाजका असाहय , अशक्तलाई लत्ताकपडा वितरण गरिने , चौथो दिन मृतक स्मृतीमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन मृतकको स्मृतिमा शोक कार्यक्रम गर्ने बताए ।
नेता सविनले पार्टीले पुरानो जातीको विकल्पमा नयाँ कम्युनिस्ट जाती सी जाती र सोही अनुरुप सी संस्कृति अवलम्बन गरिएको समेत बताएका हुन् ।
नेता सविनले पुनाराम चौधरीले पार्टीमा खेलेको भुमिका चर्चा समेत गरेका थिए ।
नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य जिवनी सीका ससुरा बुवा समेत रहेका पुनाराम चौधरीको ६५ वर्षको उमेरमा मंसिर २३ गते दुखद निधन भएको थियो ।
चौधरीको निधनमा यसअघि नै पार्टीका महासचिव विप्लव सी , पार्टीको जिल्ला समिती दाङ र युवा संगठन नेपाल केन्द्रीय समितिले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरिसकेका छन् ।
शोक कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार समिति सदस्य सुन्दर सी , पार्टीका केन्द्रीय सदस्यहरु सम्झना सी , प्रदिप सी , पाटन सी लगाएतको आतिथ्यता थियो । साथै कार्यक्रममा तुलसीपुर-२ का वडा अध्यक्ष भिम बहादुर योगि , स्थानीय सम्पुर्ण पार्टीका प्रतिनिधि , विभिन्न सामाजिक संघ/संस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
नेकपा दाङ जिल्ला सेक्रेटरी तिलक सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला कार्यालय सदस्य रुद्र सीले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.