प्रचण्डका कारण पूर्व माओवादीहरू बिचको पार्टी एकता अनिश्चित:विप्लव

डेली न्युजराप्ती       २ पुष २०८१ ०९:५५ मा प्रकाशित     96 No Comments

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपा (माओवादी केन्द्र)का कारण पूर्व माओवादीहरू बिचको पार्टी एकता अनिश्चित बनेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अलमल, उदासिनता, विकेन्द्रीत मानसिकता र अस्पष्टताका कारण पार्टी एकता अन्योलमा परेको विप्लवको भनाई छ ।

कपिलवस्तु, शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै विप्लव सीले सो धारणा राखेका हुन् । माओवादीका कैयौं नेताहरुले पार्टी एकता विरोधी धारणा राख्नु र त्यस विषयमा प्रचन्डको मौनतालाई विप्लवले अर्थपूर्ण रूपमा लिएको बताइन्छ।

प्रचण्डकै कारण एकता रोकिएको नेकपाका स्थायी समिति सदस्य अनिल सीले पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार