अनेमसंघ (क्रान्तिकारी) दाङले महिला हिंसा विरुद्ध कार्यक्रम गर्ने

डेली न्युजराप्ती       ५ फाल्गुन २०८१ ०९:३८ मा प्रकाशित     163 No Comments

फागुन ४,दाङ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङले महिला हिंसा विरुद्ध कार्यक्रम गर्ने भएको छ ।
आइतबार घोराहीमा बसेको संघको दोस्रो पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले महिलामाथी हुने बिबिध प्रकारका हिंसा विरुद्ध जिल्लामा सचेतनामुलक कार्यक्रम गर्ने , पालिकामा महिलाको पक्षमा अन्तरक्रियाहरु गर्ने , जिल्ला सम्मेलनको तयारीमा पालिकामा भेला/सम्मेलनहरु गर्ने लगाएतका निर्णय गरेको हो ।

यस्तै बैठकले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउने निर्णय समेत गरेको जनाइएको छ ।

बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेकपाका पिविएम तथा संघकी केन्द्रीय अध्यक्ष बन्धु सीले क्रान्तिमा महिलाको सहभागिता महत्वपूर्ण रहने बताइन् ।

उनले भनिन्– ‘ एकीकृत जनक्रान्तिमा महिला सहभागिता महत्वपूर्ण रहेको छ । गाउँगाउँमा फेरि महिलामाथी उत्पिडन , दमन सुरु भएका छन् , त्यसका विरुद्ध अब अनेमसंघ क्रान्तिकारीले संघर्ष सञ्चालन गर्नुपर्दछ । उत्पीडित महिलाको हक,अधिकारका पक्षमा संगठन जुझारु ढंगले अभियान चलाउनुपर्दछ ।’

नेतृ बन्धुले यो संसारमा आधा हिस्सा ओगटेका महिलालाई अधिकारपनि बराबर हिस्सेदारीको लागि संघर्ष छेड्नुपर्ने बताइन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सी , नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सी , नेकपाका केन्द्रीय सदस्य जिवनी सी , नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगरका सेक्रेटरी महान सी लगाएतको आतिथ्यता रहेको थियो ।

बैठकको अध्यक्षता एवम सहजीकरण संघकी जिल्ला संयोजक रेखा सीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार