विप्लवद्वारा वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन

डेली न्युजराप्ती       १८ चैत्र २०७८ १०:२५ मा प्रकाशित     333 No Comments


दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको पहिलो राष्ट्रिय भेलालाई संवोधन गर्नु भएको छ । संवोधन गर्दै विप्लवले भुमण्डलिकृत साम्राज्यबाद विश्वलाई विभिन्न प्रकारले आफ्नो प्रभुत्वमा राख्दै आएको भुमण्डलिकृत साम्राज्यवाद नेपालमा डलर बोकेर प्रवेश गरेको र डलर आउने ढोका नेपालका दलाल पुँजीवादीहरुले खोलिदिएको र नेपाललाई नवउपनिवेशतर्फ धकेल्ने षड्यन्त्र चलिरहेको बताउनुभयो ।उहाँले साम्राज्यवादी अतिक्रमण र दलाल पुँजीवादी आत्मसर्मपणको विरुद्धमा एकभएर लड्नुपर्ने र कुनै पनि हातलमा देशलाई साम्रज्यवादीको हातमा दिन नहुने बताउनु भयो । उहाँले एमसीसीलाइ कुनैेपनि संसदको स्विकृति र कुनै दलालहरुको आत्मसर्मपणले एमसीसी लागु नहुने एमसीसीको विरुद्धमा नयाँ मोर्चा बनाएर साम्रज्यवादको अतिक्रमणलाई रोक्नुपर्ने बताउनु भयो ।नेपाली जनता समाजवाद र परिर्वतन चाहाने भएको तर विभिन्न कम्युनिस्टका नाममा विभाजन गरेको बताउँदै नेपालमा क्रान्तिकारी र विभिन्न सुधारवादीहरुलाइ सिध्याउने षड्यन्त्र भएको पनि बताउनुभयो ।नेपाली जनतालाइ कम्युनिस्ट समर्थनबाट विस्थापित गर्ने साम्राज्यवादी र पुँजीवादीहरूको डिजाइन रहेको र त्यसगलत प्रवृतिसँग निर्मतापूर्वक संङ्घर्ष गर्दै क्रान्तिकारीहरुको एकतालाई माथि उठाउँदै कम्युनिस्ट जनमतलाई क्रान्तिकारीको वरीवरि गोलबन्ध गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार