लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन!

डेली न्युजराप्ती       १६ चैत्र २०७९ १२:५९ मा प्रकाशित     94 No Comments

दाङ । आजदेखि नेपाल पत्रकार महासङ्घको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुँदैछ ।
यसैगरी, महासङ्घले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलका अनुसार बिहीबार देखी लुम्बिनीमा सुरु हुने लुम्बिनीमा गरिने मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरण, आर्थिक सङ्कटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य विषयमा छलफल हुनेछन् । सो सम्मेलनमा सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धाताको समेत सहभागी रहनेछ भने सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् ।

चैत १६ गते महासङ्घले स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीमा प्रभातफेरी गर्नेछ भने परासीमै महासङ्घको ८ औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार