काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपाका महासचिव विप्लव सी बिच आज विहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटवार्तामा भूकम्प पीडितको राहत, समाजवादी मोर्चाको आगामी कार्यक्रम र राजबन्दी रिहाईको विषयमा सकरात्मक छलफल भएको बताईएको छ ।
यस्तै भेटवार्तामा हमास विद्रोहीको नाममा प्यालेष्टिनी जनता विरुद्ध इजरेली साम्राज्यवादले गरिरहेको युद्ध अपराधको विरुद्ध आजै समाजवादी मोर्चाको धारणा सार्वजनिक गर्ने सहमति भएको छ ।
भेटवार्तामा भूकम्प पीडितको उद्धार र राहत तिव्र पार्ने र बन्दी रिहाईको विषयमा ठोस पहल गर्ने सहमति भएको महासचिव विप्लव सीको कार्यालय सचिव विमर्ष सीले जानकारी दिएका छन ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.