लिपुलेक नेपालको हो, सार्वभौमिकता माथी भएको हस्तक्षेपको जनताले प्रतिरोध गर्नेछन् :विप्लव

डेली न्युजराप्ती       ६ भाद्र २०८२ ०८:३९ मा प्रकाशित     148 No Comments

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लिपुलेक नेपालको भूभाग भएको स्पष्ट गर्दै नेपालको सहमति बिना अरू कसैले प्रयोग गर्न खोजे सार्वभौमिकतामाथि भएको हस्तक्षेप मानिने बताएका छन्।

फेसबुकमार्फत उनले भनेका छन्, “लिपुलेक नेपालको हो । नेपालको सहमतिविना जो–कसैले प्रयोग गर्न खोजेपनि त्यो नेपालको सार्वभौमिकता माथिको हस्तक्षेप हो। नेपाली जनताले त्यो कहिल्यै स्वीकार्ने छैनन्। प्रतिरोध गर्ने छन्।”

यसअघि पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा देखिएको विवादले नेपाल–भारत सम्बन्धमा तनाव ल्याउने गरेको छ। यो प्रसंगलाई स्मरण गराउँदै विप्लवले पुनः नेपाली जनताको दृढ प्रतिरोध रहने चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार