जनपत्रकार संगठनले भूकम्प पीडितलाई राहत जुटाउने

डेली न्युजराप्ती       २० कार्तिक २०८० ०७:२३ मा प्रकाशित     118 No Comments

काठमाडौं । जनपत्रकार संगठन नेपालको भर्चुअल बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि तत्काल राहत जुटाउने निर्णय गरेको छ ।

आईतवार साँझ जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जनपत्रकार संगठन नेपालका ४७ जना केन्द्रीय सदस्यबाट प्रति व्यक्ति रु १ हजारका दरले सहयोग जम्मा गर्ने निर्णय गरेको छ ।

बैठकले जाजरकोट रुकुम पश्चिममा भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जाली व्यक्त गरेको छ । जनपत्रकार संगठन नेपालले घटनाका घाईतेहरुको तत्काल उपचारको व्यवस्था गर्न सरकारसंग जोडदार माग गरेको छ ।

संगठनले भूकम्प पीडितहरुका लागि राहत र पूर्नस्थापना कार्यमा जुट्न र समाचार संकलनमा कुनै पनि कमी नबनाउन समेत जनपत्रकार संगठनका मातहतका सबै सदस्यहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार