विप्लवद्वारा रुकुममा भुकम्प पीडितसंग भेटघाटपछि छेपारेमा पीडितको घर बनाउदै 

डेली न्युजराप्ती       २७ कार्तिक २०८० ०७:२९ मा प्रकाशित     75 No Comments

रुकुम: जाजरकोटको नलगाडमा नवनिर्मित घर भुकम्प पीडितलाई हस्तान्तरण गरेपछि आइतबार विहान नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड रुकुमको आठबिसकोट नगरपालिका १३ घेत्माका भुकम्प पीडितका परिवारलाई भेटघाट गरेका छन् ।जाजरकोटपछि रुकुमको आठबिसकोट समेत भुकम्प प्रभावित नगरपालिका हो । भेटघाटका क्रममा वडा नम्बर १३ का अध्यक्ष टेक बहादुर पुनले भत्किएको घर र स्कुलहरुको पुनर्निर्माणमा पहल गर्न अनुरोध गरेका छन् ।

अध्यक्ष पुनले प्रभावित बस्तीमा पार्टीले गरेको पहललाई धन्यवाद समेत दिएका थिए । घेत्माका भुकम्प पिडितसंग भेटघाट र मृतक परिवारलाई समवेदना प्रकट गरेपछि महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड आठबिसकोट नगरपालिका वडा नम्बर १४ छेपारेका भुकम्प पीडित भेटघाट तथा भुकम्पबाट छोरी गुमाएका भुकम्प पीडित विजय विकको घर बनाउने काममा लाग्नु भएको छ । रुकुम पार्टीको आयोजनामा अहिलेसम्म ९ वटा अस्थायी घरहरू बनाएको पार्टीका केन्द्रीय सदस्य चन्द्र सीले बताएका छन् ।

यस्तै रुकुम र सल्यानका जिल्लाहरुका भुकम्प पिडितहरुलाई राहत,उद्वार तथा पुनर्निर्माणमा सक्रियता पुर्वक सहभागीता जनाएको र २० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको नेकपा केन्द्रीय सदस्य एवम् ब्युरो इन्चार्ज सविन सीले बताए ।सविनले एकीकृत सहायता घुम्ती टिममार्फत रुकुम र सल्यानका प्रभावित बस्तीमा पार्टीको अभियान सञ्चालन गरिएको बताए ।छेपारेपछि महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सल्यानको दार्माको भुकम्प पीडितलाई भेटघाट गरि राहत तथा पुनर्निर्माणमा सहभागी हुने कार्यक्रम रहेको पार्टी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार