साउन २४ , दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (क.महान)को शालिक निर्माण अभियान सुरु गरेको जनाएको छ ।
बुधबार शालिक निर्माणका लागि सार्वजनिक जग्गा लगाएतका बिषयमा पार्टीले विभिन्न व्यक्तिहरुसंग भेटघाट गरेको हो ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सी सहितको टोलिले बुधबार बबई गाउँपालिका -३ का वडा अध्यक्ष मान बहादुर केसिलाई वडा कार्यालयमै भेटेर शालिक निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराइदिन लगाएतका बिषयमा छलफल गर्नुभएको हो ।
भेटघाटको क्रममा सेक्रेटरी तिलक सीले सहिदहरु सबैका साझा सम्पती भएकाले जिल्ला पार्टीको निर्णयमा एकीकृत जनक्रान्तिका सहिद क.महानको शालिक निर्माण गर्न लागिएको बताउनुभएको थियो ।
यस्तै वडा अध्यक्ष मान बहादुर केसिले शहिदको शालिक निर्माणका बिषयमा आफू सकारात्मक रहेको र वडाले शालिक निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने बताउनुभएको हो ।
साथै उहाँले पार्टीका सेक्रेटरी तिलक सीसंग नेपालको दोहोरो शिक्षा नीति र निजि अस्पताल र बोर्डिङ स्कुलहरुमा भइरहेको लुटपाटका विरुद्धमा पार्टी लड्नुपर्ने सुझाब व्यक्त गर्नुभएको थियो ।
उहाँले कम्युनिस्टहरुले गरिव , श्रमजीवी र सर्वहाराको नेतृत्व गर्छु भनेपनी त्यो व्यवहारमा नदेखिएको भन्दै गुणासो पोख्नुभएको हो ।
यस्तै नेकपाका जिल्ला सेक्रेटरी तिलक सीले वडा अध्यक्ष केसिको सुझाव सकारात्मक भएको र आफ्नो पार्टी यी तमाम समस्याहरुको निकासका लागि नेपाली बिशेषताको समाजवाद स्थापना गर्न संघर्ष गरिरहेको स्पष्ट पार्नुभएको थियो ।
नेकपा दाङले एकीकृत जनक्रान्तिका सहिद क.महानको शालिक उहाँकै बुवाको स्मृतिमा नामाकरण गरिएको ज्वाला मार्गमा शालिक बनाउने बताएको छ ।
तत्कालीन केपि वली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएपछि त्यसको प्रतिरोध गर्ने क्रममा क.महानको २०७६ जेठ १२ गते काठमाडौंमा सहादत भएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.