मस्को । रसियाली राष्ट्रपति भ्लालमिर पुटिनले युक्रेन विवादलाई लिएर अमेरिकाले आफ्नो देशलाई युद्धमा तानेको आरोप लगाएका छन् । युक्रेन तनावबारे पहिलो पटक बोल्दै राष्ट्रपति पुटिनले रसियामाथि अझै बढी प्रतिबन्ध लगाउन विवादलाई बहाना बनाउनु अमेरिकाको उदेश्य भएको आरोप लगाए । युरोपमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन फौज नेटोबारे रसियाको चासोलाई अमेरिकाले बेवास्ता गरेको पुटिनले बताए । रुसले युरोपको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेपछि दुई देशबीच सम्बन्ध बिग्रिएको छ ।युक्रेनको सीमामा ट्यांक, आर्टिलरीलगायतका अत्याधुनिक हतियारसहित एक लाख रुसी सुरक्षाकर्मी तैनाथ छन् । रसियाले युक्रेनमाथि आक्रमणको योजना गरेको भन्ने पश्चिमेली देशको आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ । करिब आठ वर्षअघि रसियाले युक्रेनको दक्षिणी भूभाग क्रिमियालाई बिलय गराउन सफल भएको थियो । त्यस्तै, उसले पूर्वी दोनबास क्षेत्रका विद्रोहीको रक्तपातपूर्ण युद्धलाई पनि समर्थन जनाएको थियो ।
-एजेन्सी
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.