तुलसीपुर खानेपानी संस्थाका उपभोक्ताले फेरि सम्झिए ‘खेम वली’

डेली न्युजराप्ती       १५ बैशाख २०७९ २०:५९ मा प्रकाशित     483 No Comments

उपभोक्ताले भने– ‘खेम वली हुदा कहिलैपनी पानीको हाहाकार भएन,उहाँ अनुभवी हुनुहुन्थ्यो तर अहिलेको कार्यसमितिमा अनुभव देखिएन।’
बैशाख १६,तुलसीपुर।
खेमराज वली भन्नेबित्तिकै तुलसीपुरका आम नागरिकले तुलसीपुर खानेपानी सरसफाइ तथा उपभोक्ता  संस्थासंग जोडेर हेर्ने गर्दछन। खेमराज वली त्यही व्यक्ति हुन जसले तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा ४ कार्यकाल(१४ वर्ष) सफलतापुर्वक नेतृत्व गरेका थिए।
तुलसीपुर खानेपानी संस्थालाई खेमराज वलीले नेपालकै उत्कृष्ट खानेपानी संस्था बनाएर सफल नेतृत्वकर्ताको परिचय दिन सफल भएका थिए।

खेमराज वलीले तुलसीपुर खानेपानी संस्थालाई नमुना संस्था बनाएपनी खानेपानी संस्थाका अन्य पदाधिकारीहरुले साथ दिन सकेनन् र उनको बढ्दो लोकप्रियता र सफल नेतृत्वकर्तालाइ कमजोर बनाउन अनेक षड्यन्त्र गर्न पुगेका थिए।

खानेपानी संस्थामा काम गर्ने वातावरण नबनेपछी खेमराज वलीले २०७८/०५/०६ गतेका दिन अध्यक्ष पदबाट राजिनामा पेश गरेका थिए। उनले संस्थामा पत्रकार सम्मेलनको आयोजना गरि राजिनामा गर्दै नया नेतृत्व चयन गर्ने बाटो खुल्ला गरिदिएका थिए। त्यसपछि २०७८ पौष १७ गते तोकिएको नया कार्यसमितिको निर्वाचनमा खेम वलीले अध्यक्षमा पुनः उम्मेदवारी दिएपनी एउटै संस्था लामो समयसम्म एउटै व्यक्ती बसिरहन ठिक नहुने भन्दै उम्मेदवारी फिर्ता लिएका थिए तर चुनावमै होमिएको भएपनि फेरिपनि खेम वलीले जित हासिल गर्ने आम उपभोक्ताको बुझाइ रहेको थियो।

पृष्ठभुमिमा केही संक्षेपमा व्यक्तित्व जोडिएका उनै खेम वलीलाइ अहिले फेरि तुलसीपुर खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका आम उपभोक्ताले सम्झिएका छन।
अहिले तुलसीपुरमा खानेपानीको हाहाकार मच्चिएपछी खेम वलीको पुनः स्मरण गरेको उपभोक्ताहरुले बताउने गरेका छन। तुलसीपुर खानेपानी संस्थाका एक उपभोक्ताले भने– ‘खेम वली हुदा कहिलैपनी पानीको हाहाकार भएन,उहाँ अनुभवी हुनुहुन्थ्यो तर अहिलेको कार्यसमितिमा अनुभव देखिएन।’

खेमराज वली

तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ताले २०७८/१२/०१ गते एउटा सुचना जारी गर्यो। पानी नआउने बारेको उक्त सुचनामा संस्थाको खर्चवामा रहेको पानी टंकिको मोटर बिग्रेकाले उक्त पानी टंकिबाट पानी वितरण भएको खर्चवा,नयाबस्ती,गाइडहर र मदननगर क्षेत्रमा २०७८ बैशाख १२,१३ र १४ गतेदेखि पानी वितरण गर्न नसकिने व्यहोरा सुचित गरिएको थियो।
खानेपानी संस्थाले सुचना जारी गरेपनी आम उपभोक्ता सन्तुष्ट हुन सकेका छैनन् । खानेपानीका आम उपभोक्ताहरुले यतिबेला खेम वलीको स्मरण गर्दै खेम वलीले जस्तोसुकै परिस्थितिमा पनि पानी हाहाकार हुन नदिएको भन्दै हाहाकारको बेला खेम वलीलाइ सम्झिएका हुन।

२०७८ पौष १७ गतेको निर्वाचनबाट तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा यमकान्त भण्डारीको नेतृत्वमा नया कार्यसमिति निर्वाचित भएको थियो।

तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई उत्कृष्ट बनाएका खेमराज वली अहिले स्वतन्त्रबाट तुलसीपुर उपमहानगरपालिकाको उप-मेयर पदमा चुनावमा भिड्दै छन।

खानेपानीको सफल नेतृत्वकर्ता,जुझारु नेतृत्व र सरल जिबनशैली भएका वलीले आगामी बैशाख ३० गते समपन्न हुन गइरहेको स्थानीय निर्वाचनमा उप-मेयर पदमा अत्याधिक मतले बिजयी हासिल गर्ने धेरैले अनुमान गर्न थालेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार