धर्मेन्द्र बास्तोला रिहा भए,नेकपा(बहुमत)को स्पष्टीकरण बहिस्कार गर्ने नीति छैन

डेली न्युजराप्ती       २९ बैशाख २०७९ १२:०१ मा प्रकाशित     312 No Comments

२९ वैशाख, काठमाडौं । हालै नवगठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराबाट राजनीतिक प्रशिक्षण सकेर बाँके घरमा जाँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो।

हिजो अबेर रुपन्देहीको बुटवलमा भएको बम बिस्फोटसँग जोडेर बस्तोलालाई सडयन्त्रपूर्वक प्रक्राउ गरिएको भन्दै नेकपा बहुमतले आपत्ति जनाएको छ।

नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कञ्चन पोखराबाट प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ।’
बुटवल घटनाको जिम्मा नेकपा (माओवादी)ले लिइसकेको र त्यसमा आफ्नो सहभागिता नै नरहेको नेकपा बहुमतले दाबी गरेको छ । साथै चुनाव बहिष्कार र गर्ने आफूहरूको कुनै नीति नरहेको समेत स्पष्ट पारेको छ।

‘बुटवल घटनाको जिम्मा नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले लिइसकेको कुरा सार्वजनिक भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा सार्वजनिक रूपमा स्पष्ट गर्न चाहन्छौं ।’

नेता बास्तोलाको शीघ्र रिहाइको माग गर्दै विज्ञप्तिमा त्यसो नगरिए देशव्यापी रूपमा सङ्घर्ष गर्ने चेतावनीसमेत दिएको छ।

६ घण्टापछि छुटे बास्तोला:
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिए ।

पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । बास्तोला सहित उनका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहा गरिएको इप्रका भालुबाङका प्रहरी निरीक्षक शाहले बताए।

प्रहरी समक्ष बास्तोताले आफ्नो पार्टीले चुनाव बहिस्कार गर्ने कुनै नीति नभएका समेत बताएको प्रहरी निरीक्षक शाहले बताए । ‘निर्वाचन र बुटवलमा भएको बम विस्फोटको घटनाबारे सोधपुछ गरेका थियौं,’ उनले भने, ‘बम विस्फोटको घटनामा उहाँहरुको संलग्नता भएको देखिनएन र निर्वाचन बहिष्कारको नीति नभएको खुलेपछि जिम्मा जमानीमा छोडेका छौं ।’

बास्तोला पक्राउ परेलगत्तै नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै चुनाव बहिस्कार गर्ने नीति नभएको जानकारी दिएका थिए।

अनलाइनखबरबाट…

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार